मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमित

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमित

पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।

triton college

विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी प्रवक्ता प्रवीण कुमार श्रेष्ठले जानकारी दिए ।

रामेछाप घर भएका ३७ वर्षीय जवान करिब एक महिना अघि घर विदामा गएका थिए । उनी ड्युटिमा हाजिर हुनुअघि कोरोना परिक्षण गरिएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्दै आएका उनको रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार संक्रमित जवान घर रामेछाप र बसाई रहेको क्षेत्र काठमाडौं उपत्याकाबाहेक अन्यत्र गएका थिएनन् । उनलाई संक्रमण देखिएपछि शुक्रराज अस्पताल टेकुमा भर्ना गरिएको छ । 

corrent noodles
Metro Mart

यसैबीच आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेकपाका नेतासमेत रहेका रावलले उनी आफूसँग सम्पर्कमा नरहेको बताएका छन् ।

रावलले भनेका छन्– ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’अस्ती श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउँन जाँदा पोजेटिभ देखिएछ ।’

केही दिनअघि सबै सांसदहरुको पीसीआर परीक्षण गर्ने क्रममा रावलको पनि परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको थियो ।

प्रकाशित: May 13, 2020| 10:29 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।