बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मेलम्ची बाढीको रहस्य, भ्रेमाथाङ चउरको २५ प्रतिशत भाग खस्दा विध्वंस

मेलम्ची बाढीको रहस्य, भ्रेमाथाङ चउरको २५ प्रतिशत भाग खस्दा विध्वंस

मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

triton college

मेलम्चीको बाढीपहिरोको कुरा गर्नुअघि मेलम्चीमा मैले गरेको अध्ययनबारे थोरै कुरा भन्न चाहन्छु। मैले वातावरण विज्ञानमा भर्खरै विद्यावारिधि तहको अध्ययन पूरा गरेको हुँ। मैले सन् २०१२ मा सुरु गरी २०२० मा मेलम्ची क्षेत्रकै अध्ययनमा विद्यावारिधि गरेँ। मेरो अध्ययनको मुख्य विषय मेलम्चीको पहाडी क्षेत्रको पानीको मूलका विषयमा थियो। तर अध्ययन सुरु गरेको केही वर्षमा नै विनाशकारी भूकम्प गयो। त्यसको केही समयसम्म भूकम्पका विषयमा विभिन्न योजनामा काम गरेँ। भूगर्भका विषयमा अझ गहन अध्ययन गर्न मलाई त्यो अवसर पनि भएको थियो। नक्सांकनका विषयमा पनि मेरो रुचि छ, त्यसमा पनि मेलम्ची क्षेत्रको नक्सांकन मेरा लागि चासोको विषय बन्छ।

मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।

मेलम्ची बजार इन्द्रावती र मेलम्ची नदीको संगमस्थल नजिकै पर्छ। इन्द्रावती अलि ठूलो नदी हो। इन्द्रावती जति ठूलो नदी मेलम्ची होइन। तैपनि यस पटक मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा बढी क्षति पुर्‍याएको छ। मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।

असार १ गते आएको बाढीले मेलम्ची बजारमा ३० फिट जति लेदो थुपारेको छ। मेलम्ची खोला छेउमा भएको होटलको २ तल्ला डुबेकाले ३० फिट जति माटो थुपारेको छ भन्ने आकलन गरिएको हो।

corrent noodles
Metro Mart

त्यति ठूलो मात्रामा लेदो ल्याएर थुपार्ने काम कुनै सानोतिनो पहिरोबाट हुन सक्दैन। यति ठूलो मात्रामा लेदो आउनुको कारण हिमताल नै फुट्नुपर्ने थियो। तर मेलम्ची नदीतर्फको भागमा त्यति ठूला हिमताल नै छैनन्। हिमताल नभएकाले पूरै डाँडा नै फुटेको हुनुपर्ने हामीले अनुमान गरेका थियौँ।

मेलम्चीमा बाढी आएको भोलिपल्ट स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ बाढी गएको क्षेत्रको भ्रमणमा जानुभएको थियो। उहाँले हेलिकोप्टरमा गएर केही माथिको भागसम्म निरीक्षण गर्नुभयो। उहाँहरूको टिमले खिचेका तस्बिर र भिडियोलाई पनि हामीले अध्ययन गर्‍यौँ। हेलम्बुको अन्तिम बस्ती घ्याङमाबाट ५ सय मिटर उत्तरतर्फ मन्त्रीको टोलीले पहिरो गएको फोटोहरू खिचेको थियो। ती फोटोहरूका आधारमा घ्याङकै पहिरोका कारण मेलम्चीमा लेदोसहितको बाढी आएको अनुमान गरियो।

असार १ पछि हेलम्बु लगायतका क्षेत्रमा एकदमै बाक्लो बादल लागिरहेको छ। अझसम्म पनि हटेको छैन। घ्याङमाभन्दा माथिल्लो क्षेत्रमा जाने कुनै सम्भावना छैन। हुन त हामी स्याटलाइटबाट पनि अध्ययन गर्न सक्थ्यौँ। तर बादल लागेकाले सबै छेकियो। केही पनि देखिएन। बादल खुलेपछि स्याटलाइटबाट भने हेर्न सकिन्छ।

त्यति सानो पहिरोले मात्र त्यत्रो विशाल मात्रामा लेदो थुपारेको कुरामा मलाई विश्वास लागेको थिएन। सानो पहिरोले यति धेरै माटो थुपार्न सक्दैन। त्यसकारण त्यो भन्दा पनि माथिल्लो क्षेत्रमा केही न केही भएकै हुनुपर्छ भन्ने हामीलाई लागेको थियो। यो अध्ययनको विषय बनेको थियो।

असार १ पछि हेलम्बु लगायतका क्षेत्रमा एकदमै बाक्लो बादल लागिरहेको छ। अझसम्म पनि हटेको छैन। घ्याङमाभन्दा माथिल्लो क्षेत्रमा जाने कुनै सम्भावना छैन। हुन त हामी स्याटलाइटबाट पनि अध्ययन गर्न सक्थ्यौँ। तर बादल लागेकाले सबै छेकियो। केही पनि देखिएन। बादल खुलेपछि स्याटलाइटबाट भने हेर्न सकिन्छ। तर यसका लागि अझै कति कुर्नुपर्ने हो पत्तो छैन।

मेलम्चीकाे बाढीका सम्बन्धमा डा. रविनराज निरौलाले तयार पारेकाे गुगल इमेज

आज (शनिबार) बिहान मेलम्ची घ्याङको माध्यमिक विद्यालयका प्रअ पूर्ण गौतमसँग कुराकानी भयो। उहाँका विद्यार्थी फुर्वा रोहित घलेले एक तस्बिर खिचेको र उक्त फोटोमा ठूलो पहिरो गएको जस्तो भाग देखिएको जानकारी दिनुभयो। त्यो फोटो मगाएर हामीले अध्ययन गर्दा घ्याङ बस्तीबाट ७ किमीभन्दा डाढा भ्रेमाथाङमा पहिरो गएको रहेछ। फोटो झट्ट हेर्दा नै निकै ठूलो पहिरो जस्तो देखिन्छ।

भ्रेमाथाङ ३५ सय मिटरको उचाइमा छ। भ्रेमाथाङ २ किलोमिटर लम्बाइ र २ किमिजति नै चौडाइ भएको चउर हो। त्यो चउरबाट नै मेलम्ची नदी झरनाका रूपमा तल्लो भागमा खस्छ। त्यो झरनाको ठाडो भएर बग्ने भूभाग सबै पानीले खोलेको रहेको छ। भ्रेमाथाङ चउरको २५ प्रतिशत जति भाग खसेको देख्न सकिन्छ। ठूलो भाग खसेको ठाउँ भ्रेमाथाङ नै हो भन्ने निष्कर्ष निकालिएको छ। ठूलो पानी परेकाले त्यो झरना भएको समतल स्थानलाई खोलेको हो। त्यहाँ बाढी पनि आएकाले बढी खोलेको भन्न सकिन्छ।

मेलम्ची बजारमा नदीको बहाव कम भएको अध्ययनबाट घ्याङमा ४५ मिनेटसम्म नदी थुनिएको देखिन्छ। यति समय नदी थुनिँदा धेरै ठूलो मात्रामा लेदो र पानी जम्मा भयो। साँझ ७ बजेपछि फुट्दा त्यसले विध्वंश मच्चाउँदै तल झरेको हो भन्न सकिने भएको छ।

बाढीपहिरो दुवै भएका कारणले नदीले तटीय क्षेत्रमा बढी असर गरेको हो। सँगसँगै अर्को के पनि भयो भने भ्रेमाथाङबाट बगाउँदै ल्याएको लेदो आएर मेलम्चीको घ्याङमा आएर छेकियो। त्यहाँ पहिरो गएकाले छेकिएको थियो। मेलम्ची बजारमा नदीको बहाव कम भएको अध्ययनबाट घ्याङमा ४५ मिनेटसम्म नदी थुनिएको देखिन्छ। यति समय नदी थुनिँदा धेरै ठूलो मात्रामा लेदो र पानी जम्मा भयो।

साँझ ७ बजेपछि फुट्दा त्यसले विध्वंश मच्चाउँदै तल झरेको हो भन्न सकिन्छ। करिब-करिब ६ मिटरसम्मको उचाइ बनाएर नदी बगेको अनुमान गरिएको छ। यसले नाकटेको पुल र मेलम्ची खानेपानीको मुहानका संरचना र त्यसभन्दा तलका पक्की पुल र किउलका क्षेत्रमा बस्ती खेत र संरचना बगाउँदै ल्याएको थियो। मेलम्ची बजारभन्दा माथिकै क्षेत्रमा नदीले अति धेरै कटान गरेको देखिन्छ। माथिदेखि कटान गर्दै आएको नदीले लेदो चाहिँ मेलम्ची ल्याएर थुपारेको देखिएको छ। लेदोले अहिले मेलम्ची बजारको ठुलो क्षेत्रमा टम्म पारेको छ।

मेलम्ची घ्याङ बस्तीबाट ७ किमिभन्दा डाढा भ्रेमाथाङमा गएकाे पहिरो। तस्बिर : फुर्वा रोहित घले

मेलम्चीमा ठूलो भल र लेदो बगेर आउँदा इन्द्रावतीमा पनि बाढी आएको थियो। यी दुवै नदी जुध्दा मेलम्ची नदी सहरतिर छिरेको हो। इन्द्रावतीले पनि पुल भत्काएको थियो। मेलम्चीको पानीलाई इन्द्रवतीमा आएको बाढीले छेकिदिँदा मेलम्ची बस्ती पसेकाले क्षति ठूलो भएको हो।

अब नदीमा अर्को समस्या थपिएको छ। नदीको पानी बग्ने बाटो नै छैन। शुक्रबार पनि पानी परेको थियो। फेरि नदीमा आएको भलले बाटो पहिल्याउन नसक्दा दायाँबायाँ गरी बग्यो। यसले किउलमा आएर प्रहरीको पोस्ट लडायो, तल ग्यालथुममा आएर त्यसले विद्यालयका संरचना पनि बगायो। दिनदिनै भल आउन सक्ने भएकाले जोखिम अत्यन्तै धेरै बढेको छ। तसर्थ मेलम्चीजस्ता बस्ती अझै पनि जोखिममा छन्। तत्कालै मेलम्चीमा बस्ती बसाउन सकिने सम्भावना छैन। भ्रेमाथाङमा अझै पनि पहिरो खस्न सक्ने देखिन्छ। त्यसकारण मेलम्ची नदी किनार र तटीय क्षेत्रमा जोखिम कायमै छ।

अबको काम

सबैभन्दा पहिले हामीले तटीय क्षेत्रका मानिसलाई कम्तीमा ४ महिनाका लागि व्यवस्थापन गर्नुपर्ने भएको छ। सुरक्षित स्थानमा रहेका भवनमा मानिसहरूलाई राख्नुपर्ने भएको छ। नदीकै पुरानो बाटोबाट बग्न सक्ने बनाउन सकियो भने क्षति कम हुन्छ। नत्र नदी दायाँबायाँ लाग्ने भएकाले यसले क्षति बढी पुर्‍याउँछ। तर त्यो सम्भावना एकदमै छ। तत्कालै त्यो हुने सम्भावना छैन। हामीले पुरानो बाटोमा नदीलाई फर्काउन पनि गाह्रो छ।

(डा‍‍. निरौलासँग नेपाल समयका लागि तीर्थराज निरौलाले गरेको कुराकानीमा आधारित)


प्रकाशित: Jun 19, 2021| 23:00 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।