शुक्रबार, वैशाख १४, २०८१

पर्साका १४ जना कोरोना संक्रमित बाग्लुङबाट गएका थिए

मंगलबार पर्सामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएका ३९ मध्ये १४ जना बाग्लुङबाट गएको खुलेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- मंगलबार पर्सामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएका ३९ मध्ये १४ जना बाग्लुङबाट गएको खुलेको छ।

triton college

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उक्त कुराको पुष्टि गरेको हो। बाग्लुङबाट पर्सा गएका १४ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए।

मन्त्रालयले मंगलबार आयोजना गरेको कोरोना ब्रिफिङमा सचिव घिमिरेले बाग्लुङबाट ४३ जनाको समूहमा पर्सा पुगेका पुरुषहरुमध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

घिमिरेका अनुसार ४३ जनाको समूह बैशाख १३ गते बाग्लुङबाट पर्सा पुगेको थियो। उनीहरु सबैलाई छिपरमाई गाउँपालिकाको मंगल माविको क्वारेन्टिनमा राखिएको थियो।

स्वाब परीक्षण पोजेटिभ आएका व्यक्तिहरु सम्पर्क भएको ठाउँहरुमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’ को काम थालिएको र ती स्थानहरुलाई सिल गर्ने प्रक्रिया पनि अघि बढेको घिमिरेले जानकारी दिए।

corrent noodles
Metro Mart

बैशाख २१ गते विरगंज उपमहानगरपालिका–३ छप्कैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको थियो। सोही स्थानमा बैशाख २४ गते १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने २७ गते थप १ जनामा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन कार्य तिव्र पारिएको थियो।

नेपाली सेनाको हेलिकप्टरबाट बैशाख २८ गते स्वाब संकलन गरी राष्ट्रिय प्रयोगशालामा ल्याइएको थियो।

पर्सामा भेटिएका नयाँ कोरोना संक्रमितहरु १२ वर्षदेखि ५३ वर्षसम्मका रहेको मन्त्रालयले जनाएको छ।

पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्य केही पत्रकारलाई पनि कोरोना संक्रमण भेटिएको हो।

 

प्रकाशित: May 12, 2020| 16:30 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।