बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर महानगरका जनप्रतिनिधि आन्दोलित, मेयरले सामान चोर्ने कर्मचारीको संरक्षण गरेको आरोप

भरतपुर महानगरका जनप्रतिनिधि आन्दोलित, मेयरले सामान चोर्ने कर्मचारीको संरक्षण गरेको आरोप

चितवनको कोरोना अस्पतालबाट सामान चोर्ने कर्मचारीलाई कारबाही गर्न मेयर उदासिन भएको आरोप लगाउँदै उपमेयससहितका जनप्रतिनिधिहरुले भरतपुर महानगरका सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

चितवनको कोरोना अस्पतालबाट सामान चोर्ने कर्मचारीलाई कारबाही गर्न मेयर उदासिन भएको आरोप लगाउँदै उपमेयससहितका जनप्रतिनिधिहरुले भरतपुर महानगरका सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका छन्।

triton college

भरतपुर महानगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थायी अस्पतालको सामान चोरी गर्ने कर्मचारीहरुलाई कारवाही गर्नुको साटो मेयर रेणु दाहाल बचाउन लागेको भन्दै उपमेयर पार्वती शाही शाह ठकुरी सहितका जनप्रतिनिधिहरुले सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन्।

सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै उपमेयरसहित १३ वडाध्यक्ष र दुई कार्यपालिका सदस्यहरुले महानगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्।

चोरी जस्तो फौजदारी अपराधमा संलग्न कर्मचारीहरुलाई कानुन वमोजिम निलम्वन गरी अनुसन्धानलाई अगाडि वढाउनुको सट्टा महानगरपालिकाको मूल नेतृत्व उदासिन देखिएको आरोप विज्ञप्तिमा लगाइएको छ।

आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा जनप्रतिनिधिलाई जवाफ दिने बाटोसमेत नरहेको र कानुनी राज्यको मान्यतामाथि नै धज्जी उडाउने काममा महानगरको नेतृत्व लागेको आरोप उनीहरुले लगाएका छन्।

corrent noodles
Metro Mart

कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरी जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिष्कार गरिएको उनीहरुले बताएका छन्।

‘अस्पतालको सामान चोरीमा संलग्न भएको आरोप लागेका महानगरका दुई कर्मचारीलाई तत्काल निलम्वन गरी छानविन प्रक्रिया अगाडि बढाउन हामीले मेयरलाई पटकपटक आग्रह गर्दा पनि उहाँले कुनै पहल चाल्नु भएन,’ उपमेयर ठकुरीले नेपाल समयसँग भनिन्, ‘हाम्रो कुरा सुनेको नसुन्यै गरेपछि बाध्य भएर सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका हौँ।’

चोरी जस्तो कुरामा कर्मचारी नै संलग्नताको कुरा बाहिर आएपछि तत्काल निलम्बन गरी निष्पक्ष छानविन हुनुपर्ने अडानमा आफूहरु रहेको ठकुरीले बताइन्। चोरीका आरोपितहरुलाई निलम्वन गरी अनुसन्धान नथालेसम्म महानगरका कुनै पनि कार्यक्रममा भाग नलिने र वैठक बहिष्कार गर्ने उनीहरुले घोषणा गरेका हुन्।

कोरोनाको नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको नियन्त्रण र समन्वयमा भरतपुर १० मा बनेको अस्थायी कोरोना अस्पतालबाट स्वास्थ्य उपचारका लागि राखिएका औषधि तथा स्वास्थ्य उपकरणहरु चोरी भएको भिडियो फुटेज यसअघि सार्वजनिक भएको थियो।

वडाध्यक्षहरुले वैशाख १८ मा चोरीमा संलग्न कर्मचीलाई कारवाहीको माग गर्दै मेयरलाई ध्यानाकर्षण गराउँदै लिखित पत्र दिएका थिए। अस्पताल मेयर दाहालको सयोजकत्वमा स्थापित भएको हो।

कार्यक्रम बहिष्कार गर्ने वडाअध्यक्षहरुमा २१ का वडाध्यक्ष चित्र सेन अधिकारी, १५ का कर्ण बहादुर गुरुङ, २० का मणिलाल तामाङ, २७ का गोविन्द तामाङ, ८ का दामोदर न्यौपाने, ६ का हरिविलास कोइराला, १४ का ओमप्रकाश पोखरेल, ३ का चन्द्र मित्र पण्डित, १८ का दिपक लामा, १६ का अमृतराज हमाल, १५ का शम्भु बहादुर भण्डारी, १ का यम बहादुर आले, १७ का शान्तमान तामाङ र कार्यपालिका सदस्यहरु गीता शर्मा र पार्वती केसी छन्।

कोरोना विशेष (अस्थायी) अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेको छ ।

उनीहरु तीनैजना देखिने सीसीटिभी फुटेजमा रातको समयमा उनीहरुले स्टोरका विभिन्न सामान पोको पारेर बाहिरिएको देखिन्छ। खनाल र तिवारी महानगरका कर्मचारी हुन् । बराल भने भरतपुर अस्पतालमा कार्यरत छन्।

सामान चोरीको कुरा सार्वजनिक भएपछि हेटौंडा कार्यालयबाट गएकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालमा छापा मारेको थियो। अख्तियारले यस विषयमा अनुसन्धान भैरहेको जनाएको छ।

प्रकाशित: May 12, 2020| 12:40 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।