सिरहा- सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको घाँटी रेटेर हत्या भएको छ ।
लहान नगरपालिका १७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिद मियाँको सोमबार राति १० बजे तिर हत्या भएको प्रहरीले जनाएको छ ।
मियाँको घाँटी नै छिनालेर हत्या भएको र घटनास्थलमा टाउको नभेटिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् । मियाँको शव स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै आज (मंगलबार) बिहान प्रहरीले फेला परेको हो ।
शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने तयारी भएको छ । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।