काठमाडौं– सप्तरीका १८ वर्षीय युवामा कोभिड–१९ संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका–३ का युवामा संक्रमण पुष्टि भएको हो।
यो सप्तरीमा देखिएको पहिलो ‘केस’ हो। यससँगै देशभर संक्रमितको संख्या १२१ पुगेको छ।
आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो।