बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको फौज खटिँदै

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको फौज खटिँदै

सरकारले पश्चिम सीमावर्ती क्षेत्र दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानीमा सशस्त्र प्रहरी खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– सरकारले पश्चिम सीमावर्ती क्षेत्र दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानीमा सशस्त्र प्रहरी खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

triton college

सरकारले गत मंसिरमै गरेको निर्णयअनुसार छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) राख्न थालेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी प्रविण कुमार श्रेष्ठले छाङरुमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको फौज पठाउने तयारी भैरहेको बताए।

‘हातहतियार र बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा फौज पठाउने तयारी अन्तिम चरणमा पुगेको छ’ श्रेष्ठले भने,‘सम्भवत यसै हप्ता भित्र टोली छाङरु पुगिसक्छ।’

प्रतिकुल मौषम र यातायात सुविधान नभएकाले सरकारले सशस्त्रको टोलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरु पुर्‍याउन निर्देशन दिएको बुझिएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरकारले तत्कालै कालापानी क्षेत्रमा सुरक्षा फौज पठाउन सशस्त्रलाई निर्देशन दिएको बताए।

सशस्त्र प्रहरी स्रोतका अनुसार अहिले सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा टोली त्यसतर्फ जानेछ। त्यसका लागि स्थानीयको घर भाडामा लिने तय भइसकेको छ।

corrent noodles
Metro Mart

भारतले नेपालको भूमि हुँदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि सरकारले सशस्त्र प्रहरीलाई खटाउन थालेको हो।

सशस्त्र प्रहरी बलले मंसिर यता १३ वटा बिओपी स्थापना गरिसकेको जनाएको छ। प्रवक्ता श्रेष्ठाका अनुसार १२ वटा बिओपी तराईका जिल्लामा तथा एउटा किमाङथांकामा स्थापना गरिएको छ। छाङरुमा स्थापना भएपछि थप एक सय एक बिओपी स्थापना गर्न बाँकी रहन्छ।

अहिले छाङरुमा प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाइए पनि चाँडै त्यसक्षेत्रमा सशस्त्रको गुल्म नै स्थापना गर्ने सरकारको तयारी छ। सशस्त्र प्रहरीले एउटा बिओपी मात्र राखेर सीमा सुरक्षा प्रभावकारी नहुने भन्दै स्रोत साधन र भौतिक पुर्वाधारको उचित व्यवस्था गरेर गुल्म नै राख्नुर्ने सुझाव सरकारलाई दिएको थियो।

पारी धार्चुलामा भारतीय सेनाका दुई रेजिमेण्ट, कालापानीमा आईटीबीपीको दुई कम्पनी, एसएसबीको तीन कम्पनी र भारतीय सेनाको दुई कम्पनी तैनाथ छन्। नेपालतर्फ भने अहिलेसम्म सरकारी उपस्थिती न्यून छ।

प्रकाशित: May 11, 2020| 12:12 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।