शनिबार, वैशाख ८, २०८१

स्पेनका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि

स्पेनको शीर्ष दुई फुटबल लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। ला लिगाले पाँच खेलाडीमा कोरोना देखिएको पुष्टि भएको बताएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

स्पेनको शीर्ष दुई फुटबल लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। ला लिगाले पाँच खेलाडीमा कोरोना देखिएको पुष्टि भएको बताएको छ।

triton college

पाँचमध्ये केही खेलाडी ला लिगाका र केही खेलाडी दोस्रो लिग सेकुन्डाका रहेका छन्। संक्रमित खेलाडीलाई होम क्वारेन्टाइनमा राखिएको छ। र, केही दिनपछि दोस्रो टेस्ट गरिने छ।

जब उनीहरूको दुई कोराना संक्रमण टेस्ट नेगेटिभ देखिन्छ तब मात्र खेलमा समावेश गरिने पनि बताइएको छ।

लिगले प्रशिक्षणमा सहभागी हुन खेलाडीका लागि प्रोटोकलसमेत तयार गरेको छ। यसको अनुसार सुरुमा व्यक्तिगत प्रशिक्षण गराइने छ। त्यसपछि समूहमा प्रशिक्षण हुनेबारे जुन १८ पछि फैसला हुने छ।

प्रशिक्षणमा सहभागी हुन ला लिगाको सर्वोच्च खेल काउन्सिलले रेन्डम टेस्ट गर्न सुभाव दिएको छ। यसबाट कुनै ग्रुपमा सहभागी खेलाडी संक्रमित छ वा छैन पत्ता लाग्नेछ।

corrent noodles
Metro Mart

लिग अंक तालिकामा शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनाले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। त्यस्तै लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले आज(सोमबार)बाट प्रशिक्षण गर्ने भएको छ।

प्रिमियर लिगमा पनि संक्रमित थपिए

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गतको ब्राइटोन क्लबमा एक खेलाडीका कोराना संक्रमित देखिएका छन्। यससँगै ब्राइटोनका तीनमा खेलाडीलाई संक्रमण पुष्टि भइसकेको छ। यसअघि दुई खेलाडीलाई कोरोना पुष्टि भएको थियो।

क्लबका संक्रमित खेलाडीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा राखिने क्लबले बताएको छ।

एजेन्सी

प्रकाशित: May 11, 2020| 11:47 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।