शुक्रबार, वैशाख ७, २०८१

संसद् बैठकमा गगन थापाको कविता– म त भाग्यमानी !

नेपाली कांग्रेसका सांसद थापाले सोमबारको संसद् बैठकमा बाचन गरेको कविता
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

triton college
corrent noodles
Metro Mart

छैन यहाँ देशको नक्सा मेटिएको
छैन लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन् जोरी खोज्ने कोही छैनन् हेप्ने
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् राहत
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै हैनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक श्रमिक गरिबको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यो समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आशुकवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेची काली गाउँछ
आँशु आए बरु त्यही गीतले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त सारै भाग्यमानी
अहो सारै भाग्यमानी
म त सारै भाग्यमानी

(नेपाली कांग्रेसका सांसद थापाले सोमबारको संसद् बैठकमा बाचन गरेको कविता)

प्रकाशित: May 11, 2020| 11:29 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।