शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण र मृत्युदर कतै बढ्दै कतै घट्दै, कुन देशको अवस्था कस्तो ?

कोरोना संक्रमण र मृत्युदर कतै बढ्दै कतै घट्दै, कुन देशको अवस्था कस्तो ?

आइतबार ७९ हजार ८ सय ७५ जना संक्रमित थपिदा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ । ताकी शनिबार ८८ हजार ९ सय ८८ जना संक्रमित भेटिएका थिए भने ४ हजार २ सय ४८ जनाको मृत्यु भएको थियो ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ ।

triton college

हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना संक्रमित थपिदा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ । ताकी शनिबार ८८ हजार ९ सय ८८ जना संक्रमित भेटिएका थिए भने ४ हजार २ सय ४८ जनाको मृत्यु भएको थियो । शुक्रबार ९७ हजार १ सय २८ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ५ सय ५० जनाको ज्यान गएको थियो ।

अमेरिका, इटाली, स्पेन, बेलायत, फ्रान्सलगायतका देशमा संक्रमण र मृत्युदर क्रमशः घट्दै गएको छ भने रुस, भारत लगायतका देशमा भने संक्रमण र मृत्युदर बढेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा (आइतबार) २० हजार ३ सय २९ संक्रमित थपिदा ७ सय ५० जनाको मृत्यु भएको छ । ताकी शनिबार २५ हजार ५ सय २४ जना संक्रमित भेटिएका थिए भने १ हजार ४ सय २२ जनाको मृत्यु भएको थियो ।

शुक्रबार २९ हजार १ सय ६२ जना संक्रमित थपिदा १ हजार ६ सय ८७ जनाको ज्यान गएको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट १३ लाख २९ हजार २ सय ३ जना संक्रमित हुँदा ७९ हजार ५ सय २५ जनाको मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

यस्तै स्पेनमा आइतबार १ हजार ८ सय ८० जना संक्रमित थपिदा १ सय ४३ जनाको मृत्यु भएको छ । शनिबार २ हजार ६ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ७९ जनाको मृत्यु भएको थियो ।

स्पनेमा अहिलेसम्म २ लाख २४ हजार ३ सय ५० जना कोरोनाबाट संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ६ सय २१ पुगेको छ।

बेलायतमा आइतबार ३ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि हुँदा २ सय ६८ जनाको मृत्यु भएको छ । शनिबार ३ हजार ८ सय ९६ जना संक्रमित भेटिएका थिए भने ३ सय ४६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म बेलायतमा २ लाख २० हजार ४ सय ४९ जना संक्रमित भएका छन् भने ३१ हजार ९ सय ३० जनाको मृत्यु भएको छ ।

इटालीमा पनि क्रमशः संक्रमण र मृत्युदर घट्दै गएको छ । आइतबार ८ सय २ जना संक्रमित हुँदा १ सय ६५ जनाको मृत्यु भएको छ ।

शनिबार १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ९४ जनाको मृत्यु भएको थियो । इटालीमा अहिलेसम्म २ लाख १९ हजार ७० जना संक्रमित भएका छन् भने ३० हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।

रुसमा भने पछिल्लो एक हप्ता यता आक्रामक रुपमा कोरोनाको संक्रमण फैलिएको छ भने मृत्युदर पनि बढ्दै गएको छ । हरेक दिन कम्तिमा १० देखि ११ हजार नयाँ संक्रमित भेटिने गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ११ हजार १२ जना संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको छ । अहिलेसम्म रुसमा २ लाख ९ हजार ६ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

भारतमा पनि तिब्र रुपमा फैलिएको कोरोनाबाट संक्रमण हुने दर र मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

शनिबार ३ हजार १ सय १३ जना संक्रमित भेटिदा १ सय १६ जनाको मृत्यु भयो । भारतमा अहिलेसम्म कोरोनाबाट ६७ हजार १ सय ६१ जना संक्रमित भएका छन् भने २ हजार २ सय १२ जनाको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएका छैनन् । अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन् ।

प्रकाशित: May 11, 2020| 07:38 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।