काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पाँच आइतबार बजेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बंगलादेशी महिला फुटबल टिमसँग आज नेपालले दोस्रो खेल खेल्न लागेको हो।
भदौ २४ गते दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपाली टिमले बंगलादेशलाई २–१ गोलले हराएको थियो। अहिलेसम्म नेपालले बंगलादेशसँग ७ खेल खेलेको छ। तीमध्ये कुनै पनि खेलमा बंगलादेशले नेपालमाथि जित निकाल्न सकेको छैन।
त्यसमाथि गएको बिहीबार भएको खेलमा बंगलादेशले नेपाली पोस्टमा प्रहार गरेको दोस्रो गोल थियो।
यता बिहिबार मात्र नेपालका लागि डेब्यू गरेका सबिता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।
खेलको १४ औं मिनेटमा सबिताले गोल गरेकी थिइन् भने २३ औं मिनेटमा प्रितीले गोल गरिन्। त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएकी थिइन्।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। एसियाली कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
आज पनि जितको लक्ष्यका साथ नेपाली टिम मैदानमा उत्रने छ भने बंगलोदेशी टिम पनि नेपाली टिमलाई टक्कर दिने उद्देश्यले मैदानमा प्रवेश गर्नेछ।
नेपाली खेलाडी
निता बस्नेत, अनिता केसी, विमला बीके, विमला चौधरी, अमृता जैसी, दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ योन्जन, निशा ठोकर, प्रीति राई, पूजा राना, पुनम मगर, रजनी थोकर, रश्मि घिसिङ, रेणुका नगरकोटे, सविता राना, सारु लिम्बू, सृजना सिंह
गोलकिपरः अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ