शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अप्ठेरोमा परेका ७३ विद्यार्थीलाई नेविसंघको खाद्यान्न सहयोग

अप्ठेरोमा परेका ७३ विद्यार्थीलाई नेविसंघको खाद्यान्न सहयोग

विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसोबास गर्ने ७३ जना विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले आइतबार खाद्यान्न सामाग्री वितरण गरेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसोबास गर्ने ७३ जना विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले आइतबार खाद्यान्न सामाग्री वितरण गरेको छ।

triton college

संघले कोरोना संक्रमण र जारी लकडाउनका कारण अभावमा बाँचिरहेका विद्यार्थीहरुलाई सहयोग स्वरुप खाद्यान्न सामग्री प्रदान गरेको हो।

संघका महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डे, पूर्व सहमहामन्त्री माधव ढकाल र पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेललगायत विद्यार्थी नेताहरुले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा रहेका विद्यार्थीलाई सहयोग गरेका हुन्।

काठमाडौंको मैतीदेवी, शंखमुल तथा भक्तपुरको सूर्यविनायक, सल्लाघारी, बोडे, सानोठिमी र लोकन्थलीमा डेरा गरी बसेका विद्यार्थीहरुलाई दाल, चामल, नुन, तेल तथा साबुन वितरण गरिएको महामन्त्री तिमल्सिनाले बताए।

‘स्थानीय विद्यार्थी नेता तथा पार्टीनेताहरुले राहत आवश्यक पर्ने विद्यार्थीहरु पहिचान गर्नुभयो र हामीले उहाँहरुकै रोहबरमा खाद्यान्न सामाग्री वितरण गर्यौँ। राहत पाउने कतिपय विद्यार्थी साथीहरु दलित, अल्पसंख्यक तथा पिछडिएको समुदायका पनि हुनुहुन्छ।’ अर्का महामन्त्री पाण्डेले भने।

corrent noodles
Metro Mart

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठ, नेविसंघका नेताहरु तपेन खड्का, प्रविण लाखे लगायतको उपस्तिथिमा सामाजिक दूरी कायम राख्दै राहत वितरण गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले जानकारी दिए।

 

प्रकाशित: May 10, 2020| 13:58 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।