शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कूटनीतिक माध्यममै सरकारको विश्वास छ, शक्ति देखाएर समाधान निस्किँदैन : परराष्ट्रमन्त्री

कूटनीतिक माध्यममै सरकारको विश्वास छ, शक्ति देखाएर समाधान निस्किँदैन : परराष्ट्रमन्त्री

नेपाली भूमि मिचेर भारतले सडक बनाएको पछिल्लो विवादलाई लिएर सरकारले भारतलाई यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

नेपाली भूमि मिचेर भारतले सडक बनाएको पछिल्लो विवादलाई लिएर सरकारले भारतलाई यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।

triton college

आजको प्रतिनिधिसभा बैठकमा भारत सरकारले नेपालको भूमि मिचेर बनाउन लागेको सडकका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो गतिविधि नगर्न भारतलाई आग्रह गरेका हुन्।

मन्त्री ज्ञवालीले भने, ‘राष्ट्रिय हित कायम राखिनेछ। सँगसँगै असल छिमेकीपन असल मित्रताको भावनालाई पनि हामीले अगाडि लैजाने छौं। राष्ट्रिय हितमा दृष्ढतापूर्वक कायम रहँदै तर यसको कूटनीतिक समाधान खोज्ने गरी हामी अगाडि बढ्ने छौं । यस सम्बन्धमा मित्र राष्ट्र भारतलाई पनि यस्तो बेलामा पनि जतिबेला सिंगो देश सिंगो संसारको ध्यान एउटा मानवीय संकटमा केन्द्रीत भएको छ । छिमेकीहरुका संवेदनशिलतामाथि प्रश्न उठ्ने खालका यस्ता गतिविधिहरु नहुन् भन्ने कुरा पनि म आग्रह गर्न चाहान्छु।’

छिटोभन्दा छिटो समस्याको समाधानका लागि रचनात्मक भूमिका खेल्नसमेत उनले आह्वान गरेका छन्। मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयको तर्फबाट हिजो जारी भएको वक्तव्यका बारे पनि संसदमा जानकारी गराए।

भारतले नेपालको भूमिसमेत प्रयोग गर्दै धार्चुलाबाट लिपुलेकसम्मको सडक उद्घाटन गरेपछि नेपालीहरुमा गहिरो चिन्ता भएको उनले जनाए। सन् २०१४ देखि त्यस विषयमा घटनाक्रमले तीब्रता पाएको उनले बताए।

corrent noodles
Metro Mart

भूकम्पका बेला राहतमा जुटेको समयमा १५ मे २०१५ को दिन भारतका प्रधानमन्त्रीको चीनको भ्रमणका बेलामा संयुक्त वक्तव्य जारी भएको र त्यसबाटै विवादित भएको उनले जनाए।

‘नेपालको वर्तमान सीमा सुगौली सन्धीबाट निर्देशित छ। र, पूरक सन्धीहरुले नेपालको सिमा निर्धारण भएको हो। यसलाई परिवर्तन गर्ने गरी कुनै सन्धी भएको छैन,’ उनले भने, ‘२ नोभेम्बर २०१९ मा आफ्नो राजनीतिक नक्साको आठौ संस्करण प्रकाशित गरिसकेपछि हामीले कूटनीतिक रुपमा उठायौं। यो समस्याको समाधानमा दुवै देश सहमत भएका थिए। यो विषय जानकारी गराउन चाहन्छु। हामीले प्रस्ताव गरेको वार्ताको समय पनि नदिई बाटो उद्घाटन हुँदा नेपाल सरकारको गम्भीर ध्यानाकषर्ण भएको छ।’

प्रकाशित: May 10, 2020| 11:46 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।