बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट पौने ३ लाखको मृत्यु, कहाँ कति संक्रमित ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार मात्रै एकै दिनमा ९७ हजार १ सय २८ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५० जनाले ज्यान गुमाएका छन् ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार मात्रै एकै दिनमा ९७ हजार १ सय २८ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५० जनाले ज्यान गुमाएका छन् ।

triton college

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ फैलिएको कोरोनाबाट अहिलेसम्म ३९ लाख ३८ हजार ६४ जना संक्रमित भएका छन् । २ लाख ७४ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार १ सय ६२ जना संक्रमित थपिएका छन् भने १ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ९ सय २९ पुगेको छ भने मृतकको संख्या ७७ हजार १ सय ८० पुगेको छ ।

यस्तै स्पेनमा शुक्रबार मात्रै ३ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय २९ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २२ हजार ८ सय ५७ पुगेको छ भने २६ हजार २ सय ९९ जनाको मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २७ जना संक्रमित थपिएका छन् भने २ सय ४३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख १५ हजार ८ सय ८५ पुगेको छ भने मृतकको संख्या ३० हजार २ सय १ पुुगेको छ ।

यस्तै बेलायतमा शुक्रबार मात्रै ४ हजार ६ सय ४९ जना नयाँ संक्रमित थपिदा ६ सय २६ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म २ लाख १२ हजार ६ सय २९ जना संक्रमित हुँदा ३१ हजार ३ सय १६ जनाको मृत्यु भएको छ ।

रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ भने ९८ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ८७ हजार ८ सय ५९ पुगेको छ भने १ हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा शुक्रबार १ हजार २ सय ८८ जना नयाँ संक्रमित थपिदा २ सय ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७६ हजार २ सय २ संक्रमित भएका छन् भने २६ हजार २ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना पुष्टि भएको छ भने १ सय १८ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ७० हजार ५ सय ८८ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय १० रहेको छ ।

ब्राजिलमा शुक्रबार १० हजार १ सय ९९ जना संक्रमित थपिदा ८ सय ४ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ४६ हजार ८ सय ९४ पुगेको छ भने १० हजार १७ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय ९५ पुगेको छ भने मृतकको संख्या १ हजार ९ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ३ सय ४४ जना संक्रमित हुँदा ९६ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १०९ पुगेको छ ।

 

प्रकाशित: May 09, 2020| 09:39 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।