शुक्रबार प्रदर्शनका क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकमाथि मुद्दा चलाइने भएको छ। प्रहरीमाथि हातपात गर्नेमध्ये चार चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
निषेधित क्षेत्र सिहंदरवार अगाडि प्रदर्शनमा उत्रेका चिनियाँहरुले डीएसपी हरिबहादुर बस्नेतसहित प्रहरीमाथि हातपात गरेका थिए ।
हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले जानकारी दिए।
नेपालस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिएका आफ्ना नागरिकमाथि कानुनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो। एसपी राठौरले हातपात गर्नेमाथि कानुनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए।