बुधबार, वैशाख १२, २०८१

राष्ट्रियसभामा तीन अध्यादेश पेश

राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं - राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ। प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७' र 'राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७' पेश गरे। त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा 'केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७' पेश गरिन्।

triton college

शोक प्रस्ताव

वैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो। नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका उराँवको ६१ वर्षका उमेरमा केहि दिन अघि निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते दिउँसो १ बजे बस्ने छ।

प्रकाशित: May 08, 2020| 18:17 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।