बुधबार, वैशाख १२, २०८१

सीमामा सशस्त्रको कडाइ, राेकिएन भारतबाट गाउँ प्रवेश

सशस्त्र प्रहरीले नाकामा आवतजावत पूर्ण रुपमा बन्द रहेको दाबी गरिरहे पनि धनुषाको एक नाकाबाट भारतबाट आएका केही मानिस गाउँसम्म पुगेका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

जनकपुरधाम- कोरोना संक्रमण फैलिन नदिन अहिले नाकामा कडाइ गरिएको छ। भारतमा कोरोना संक्रमणको दर बढेपछि यसअघि मुख्य नाकामा मात्र खटिइने सशस्त्र प्रहरीको गस्ती बाक्लो बनाइएको छ ।

triton college

दुई देशबीच अवागमन रोक्न मुख्य नाकाबाहेक सीमा क्षेत्रमा एकदेखि डेढ किलोमिटर दूरीमा शस्त्र प्रहरी परिचालित छन्। कतिपय स्थानमा सशस्त्र प्रहरीको पोस्ट खडा गरिएको छ ।

सशस्त्र प्रहरीले नाकामा आवतजावत पूर्ण रुपमा बन्द रहेको दाबी गरिरहे पनि धनुषाको एक नाकाबाट भारतबाट आएका केही मानिस गाउँसम्म पुगेका छन्।

भारतको दिल्लीबाट आएका चारजना युवा शुक्रबार मुखियापट्टी मुसहरनियास्थित जमुनीघाट नाका हुँदै घरसम्म पुगेका हुन्। तीनचार दिनअगाडि पनि एकजना स्थानीय युवक भारतबाट आफ्नो गाउँ मुखियापट्टी मुसहरनिया पुगेका थिए।

भारतको दिल्लीबाट चारजना युवक गाउँभित्र प्रवेश गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी गरायो। स्थानीयले खबर गरेपछि प्रहरीले पाँचैजना युवकलाई घरबाट फिर्ता बोलाई अहिले नाका नजिकै रहेको मन्दिरमा बस्न लगाएको छ।

corrent noodles
Metro Mart

‘आज दिल्लीबाट आएका चारजना गाउँसम्म पुगेको हामीलाई जानकारी भयो,’ मुखियापट्टीका एक स्थानीयले टेलिफोनमा भने, ‘हामीले तत्काल प्रहरीलाई खबर गरेपछि अहिले उनीहरुलाई मन्दिरमा बस्न लगाइएको छ।’

भारतबाट आएका सबैजनालाई क्वारेन्टिनमा राख्न आग्रह गरे पनि सशस्त्र प्रहरीले माथिको आदेश नआएसम्म यसो गर्न नमिल्ने बताएको ती स्थानीयको भनाइ छ।

‘हामीले सबैजनालाई क्वारेन्टिनमा राख्न सशस्त्र प्रहरीलाई आग्रह गर्‍यौं, उहाँहरुले मान्नु भएन,’ उनले भने, ‘सबैजना मन्दिरमा बसेका छन्। प्रहरीले खाना पनि घरबाटै पुर्‍याउन भनेको छ।’

नाकाबाट आवतजावत पूर्ण बन्द रहेको अवस्थामा भारतको दिल्लीबाट आएकाहरु गाउँसम्म कसरी पुगे स्थानीयहरुको प्रश्न छ। भारतमा कोरोना संक्रमण बढिरहेका बेला उताबाट आएकाहरुको उचित व्यवस्थापन गर्नतर्फ सरोकारवालाले समयमै ध्यान नपुर्‍याए सीमा क्षेत्रमा जोखिम बढ्न सक्ने मुखियापट्टी मुसहरनियाका स्थानीयवासीको भनाइ छ।

केही दिनअघि यसैगरी भारतबाट आएका एकजनालाई मुखियापट्टीका स्थानीयले नगराइन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टिनमा पु¥याएको थियो।

भारतीय सीमा नजिकै रहे पनि मुखियापट्टी मुसहरनियाले हालसम्म आफ्नो क्वारेन्टिन बनाउन सकेको छैन। भारतमा रेललगायतका यातायातका साधन चलेपछि नेपालीहरु घर फर्कने क्रम बढेको छ।

मुख्य नाकासहित सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती रहेका बेला भारतबाट आएकाहरु गाउँसम्म पुग्न थालेपछि स्थानीयहरुमा कोरोना संक्रमणको त्रास बढेको छ। भारतमा कोरोना संक्रमण बढिरहेको बेला उताबाट आएकाहरुलाई क्वारेन्टिनमा बस्न लगाएरमात्र गाउँसम्म आउने अनुमति दिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।

प्रकाशित: May 08, 2020| 18:16 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।