शनिबार, वैशाख ८, २०८१

'भगवान् भरोसा'मा कर्णाली : विदेशबाट आएर सीधै घरमा

७ हजार जनामा मात्र कोरोना परीक्षण भएको छ। यद्यपी केही जिल्ला प्रहरी कार्यालयले सिमिति नागरिकको तथ्याङ्क मात्रै राखेका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

देव राना

देव राना

शुक्रबार, वैशाख २६, २०७७

सुर्खेत- कोरोनाको त्रासपछि सल्यानमा १६ हजार ६८ जना नागरिक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्कअनुसार १२ हजार ७ सय ८१ पुरुष र ३ हजार २ सय ८७ महिला तथा बालबालिका लकडाउनकै अवधिमा गाउँ फर्किएका छन्। तर हालसम्म सल्यानमा ९ सय ६९ जनाको र्‍यापिड टेष्ट र ४६ जनाको पीसीआर प्रविधिबाट गरी कुल १ हजार १५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ।

triton college

रुकुमपश्चिममा ३ हजार ७ सय ८३ जना नागरिक गाउँ फर्किएका छन्। जसमध्ये ३ सय ५१ जना भारत, १७ जना तेस्रो मुलुक र ३ हजार ४ सय १४ जना नेपाल भित्रबाटै गाउँ फर्किएका हुन्। तर रुकुममा पनि ९ सय ६७ जनाको र्‍यापिड टेष्ट र ९८ जनाको पीसीआर गरी कुल १ हजार ६५ जनाको मात्रै कोरोना परीक्षण भएको छ।

मुगुमा ६ हजार नौ सय ८१ जना नागरिक गाउँ फर्किँदा ६ जना पीसीआर र २ सय ८९ जनामा र्‍यापिड टेष्ट गरी कुल २ सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ।

हुम्लामा २ हजार १ सय ६१ जना नागरिक गाउँ फर्किँदा १० जनाको पीसीआर र एक सय ७० जनाको र्‍यापिड टेष्ट गरिएको छ। जाजरकोटमा पनि लकडाउनकै अवधिमा १० हजार बढी नागरिक गाउँ फर्किएका छन्।

बैसाख ९ गतेदेखि २१ गतेसम्म स्थानीय तहका जनप्रतिनिधि, मन्त्री र सांसदहरुले मात्रै २ हजार १ सय ४६ जनालाई गाउँ फर्काएका छन्।

corrent noodles
Metro Mart

सल्यान, रुकुम, मुगु, हुम्ला र जाजरकोट मात्रै होइन कोरोनाको त्रासपछि करिब ५० हजारभन्दा बढी नागरिक गाउँ फर्किएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी बताउँछिन्।

तर ७ हजार जनामा मात्र कोरोना परीक्षण भएको छ। यद्यपी केही जिल्ला प्रहरी कार्यालयले सिमिति नागरिकको तथ्याङ्क मात्रै राखेका छन्।

स्थानीय तहसँग र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयसँग पनि गाउँ फर्किएका नागरिकको यकिन तथ्याङ्क छैन। यद्यपि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने भारत र तेस्रो मुलुक गरी ७ हजार ९ सय १५ जनाको मात्रै तथ्याङ्क राखेको छ।

विदेश होस् या शहरबाट गाउँ फर्कने जो कोहीलाई पनि कोरोना परीक्षण अनिवार्य हो। तर कर्णालीमा कोरोना परीक्षण भगवानकै भरोसा जस्तो बनेको छ। प्रदेश सरकार र स्थानीय सरकार उनीहरुको परीक्षण र व्यवस्थापनमा चुकेका छन्।

किट अभाव हुँदा हप्ता दिनदेखि परीक्षण रोकिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १ एक ६९ जनामा पीसीआर परीक्षण र करिव ६ हजारको द्रुत परीक्षण गरिएको छ। यद्यपि द्रुत परीक्षणको विश्वसनीयताबारे अहिले पनि आशंका कायमै छ।

अन्य प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कर्णालीमा भने हालसम्म कोरोना संक्रमण मुक्त देखिएको छ। तर विज्ञ र कतिपय स्वास्थ्यकर्मीहरुले परीक्षण नहुँदा संक्रमण नदेखिएको हुनसक्ने जनाएका छन्।

कुन जिल्लामा कति परीक्षण ?

कर्णालीका दश जिल्लामध्ये सुर्खेतमा पीसीआर ४ सय ६ र र्‍यापिड टेष्ट १४ सय ६५ गरी १ हजार ८ सय ७० जनामा कोरोना परीक्षण गरिएको छ। सल्यानमा पीसीआर ४६ र र्‍यापिड टेष्ट ९ सय ६९, रुकुमपश्चिममा पीसीआर ९८, र्‍यापिड टेष्ट ९ सय ६७, मुगुमा पीसीआर ७ र र्‍यापिड २ सय ८९, कालिकोटमा पीसीआर १६, र्‍यापिड ४ सय १५, जुम्लामा पीसीआर ३ सय ४२, र्‍यापिड १ सय ५४, जाजरकोटमा पीसीआर १७ र ४ यय १४ जनामा र्‍यापिड टेष्ट गरिएको छ।

त्यस्तै हुम्लामा पीसीआर १० र र्‍यापिड टेष्ट १ सय ६६, डोल्पामा पीसीआर ५ र र्‍यापिड टेष्ट २ सय ४५, दैलेखमा पीसीआर १ सय ९ र ६ सय ६३ जनामा र्‍यापिड टेष्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको छ।

पीसीआर र र्‍यापिड टेष्ट गरी हालसम्म झण्डै ७ हजारको हाराहारीमा परीक्षण गरिएको छ। कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत, धनगढी र काठमाडौंमा गरी १ हजार ६९ जनाको नमूना परीक्षण र ५ हजार ८ सय ७४ जनामा र्‍यापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

किट अभावमा र्‍यापिड टेष्ट र पीसीआर परीक्षण रोकिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले भने आइतबारदेखि पीसीआर परीक्षण पुनः सुरु हुने जनाएको छ।

प्रकाशित: May 08, 2020| 17:47 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।