बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दिदीको हत्या गर्न भिनाजुलाई उक्साएको आरोपमा बहिनी पक्राउ

दिदीको हत्या गर्न भिनाजुलाई उक्साएको आरोपमा बहिनी पक्राउ

दिदीको हत्या गर्न भिनाजुलाई उक्साउने बहिनी पक्राउ परेकी छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- दिदीको हत्या गर्न भिनाजुलाई उक्साउने बहिनी पक्राउ परेकी छन्। दिदीको हत्या गर्न उक्साउने गंगा लामालाई धनुषा प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

triton college

मिथिला नगरपालिका ९ लालभट्टीका २८ वर्षीय हरि चौहानले साली गंगासँग बिहे गर्नका लागि पत्नी वीणाको हत्या गरेको खुलेपछि वीणाकी कान्छी बहिनी गंगालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हरिले साली गंगासँग विवाह गर्न पत्नी वीणाको हत्या गरेको बयान दिएका छन्। सोही आधारमा गंगालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए। हरि भने यसअघि नै पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार वैशाख १८ गते वीणाको शव लालगढ सामुदायिक वनमा गाडिएको अवस्थामा फेलापरेको थियो। पत्नी घरबाट निस्केपछि सम्पर्कमा नआएको भन्दै हरिले प्रहरीलाई खबर गरेका थिए।

हरिमाथि शका लागेर वीणाका बुबा पदमबहादुरले प्रहरीमा उजुरी दिए। प्रहरीले हरिलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा कान्छी साली गंगासँग विवाह गर्न पत्नीको हत्या गरेको स्वीकारेका थिए।

corrent noodles
Metro Mart

दिदीको हत्या गर्न बहिनी गंगाले नै उक्साएको भन्दै उनका बुबाले प्रहरीमा जाहेरी दिएको प्रहरी निरीक्षक कार्कीले बताए। टिपर चालक हरिले ५ वर्षअघि पदमबहादुरकी माइली छोरी वीणा लामासँग प्रेमविवाह गरेका थिए। यी दम्पतीका एक छोरा र एक छोरी छन्। 

हरिसँगै गंगाविरुद्धसमेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस् :

पत्नीको हत्या गरी शव खाल्डोमा, प्रहरीमा हराएको उजुरी

प्रकाशित: May 08, 2020| 15:35 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।