बिहीबार, वैशाख १३, २०८१

तातोपानी भन्सारको अवरोध खुलाउन पहल

सामानबाट कोरोना संक्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ, बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

मेलम्ची- सामानबाट कोरोना संक्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ, बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ।

triton college

स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए।

अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मंगलबार काठमाडौं पठाइएको छ। आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौं पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौं भनेपछि कन्टेनरहरु सहज रूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताए। रासस

प्रकाशित: May 06, 2020| 10:58 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्