शनिबार, वैशाख ८, २०८१

खाली ट्रकमा एक करोड भारु नेपाल ल्याउन खोज्ने पक्राउ

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँसहित मोरङमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँसहित मोरङमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

triton college

भारतको सुपौलबाट नेपाल आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा रानीबाट सशस्त्र प्रहरीको टोलीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको हो।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको र कार्टुनमा राखिएको अवस्थामा भेटिएको जानकारी दिए।

लकडाउनको बेला अत्यावश्यक वस्तुको नाममा उक्त ट्रक भारतबाट भित्रिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक र सह–चालकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

लकडाउनको मौका छोपि तस्करले उक्त रकम भित्र्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

corrent noodles
Metro Mart

पक्राउ पर्नेमा चालक रवि कुमार र सहचालक पप्पुकुमार छन्। उनीहरुले बिराटनगरबाट डाइपर लगेर सिलगुडी जाने भनेको डिआइजी श्रेष्ठले जानकारी दिए। बरामद गरिएको रकमसहित सबैलाई भन्सार कार्यालयमा बुझाइने श्रेष्ठले बताए।

 

प्रकाशित: May 05, 2020| 15:55 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।