शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा धमाधम पक्राउ पर्दै विप्लवका नेता-कार्यकर्ता

लकडाउनमा धमाधम पक्राउ पर्दै विप्लवका नेता-कार्यकर्ता

कोरोना भाइरस (कोभिड–१९)का बेला ‘युद्धविराम’को घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता-कार्यकर्ताहरु पक्राउ पर्दैछन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का बेला ‘युद्धविराम’को घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दैछन्।

triton college

मंगलबार विप्लव समूहका माथिल्लो तहका नेता अनिल विरही चितवनको एक अस्पतालबाट पक्राउ परेका छन्। घरको भर्‍याङबाट लडेर घाइते भएपछि उपचारका लागि अस्पताल पुगेका विरहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट अस्पतालमा भर्ना भएका विरहीलाई पक्राउ गरिएको हो।  एसपी गुरुङका अनुसार उनी प्रहरी निगरानीमा अस्पतालमै छन् र उनको परिचय खुल्न बाँकी छ। विरही विप्लव समूहको पोलिटब्यूरो सदस्य हुन् कि केन्द्रीय सदस्यमात्रै भन्ने  प्रष्ट हुन सकेको छैन।

यसअघि सोमबार इलामबाट प्रहरीले विप्लव समूहका जिल्ला इन्चार्ज पुष्प कोइराला पक्राउ गरेको थियो। त्यस्तै, पासाङ शेर्पा र पासाङ तामाङ पनि  विष्फोटक पदार्थसहित पक्राउ परेका थिए।

यसैगरी, नवलपरासीबाट विप्लव समूहका नेता वीरजंगका छोरा दीलिप चन्दलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: May 05, 2020| 14:43 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।