शुक्रबार, वैशाख १४, २०८१

दसगजामा अलपत्र २४ नेपाली भारततर्फ फर्काइए

 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

जनकपुरधाम- दुई दिनदेखि धनुषा सीमाको नाकामा अलपत्र २४ जना नेपालीलाई भारततर्फै फिर्ता पठाइएकाे छ। भारतका विभिन्न स्थानबाट घर नेपाल लागेका उनीहरु दुई दिनदेखि दसगजा क्षेत्रमा अलपत्र थिए। काेराेना भाइरस संक्रमण जाेखिमका कारण उनीहरूलाई उतै पठाइएकाे छ।

triton college

धनुषाको महिनाथपुर सीमाको दसगजामा १३ र इनर्वा सीमाको दसगजामा ११ नेपालीलाई सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरुलाई मंगलबार भारतीय प्रहरीमार्फत उतै पठाइएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

जो जहाँ छन् त्यहीं राख्नुपर्ने माथिल्लो तहको आदेशअनुसार उनीहरुलाई भारत फर्काइएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए। ‘महिनाथपुर दसगजामा रहेका १३ जनालाई एसएसबीको सहयोगले भारतफर्त पठायौं,’ उनले भने, ‘तर, उताको क्वारेन्टाइनले सायद राख्न मानेको छैन। उनीहरु फेरि नाकातर्फ आएको बुझिएको छ।’ 

इनर्वा सीमाबाट पठाइएका ११ जनालाई विहार मधुबनी जिल्लाको जयनगरस्थित क्वारेन्टाइनमा राखिएको छ। इनर्वा नाकामा मंगलबार पुनः भारतबाट आएका ६०/७० जना नेपालीलाई नेपाल प्रवेशमा सशस्त्र प्रहरीले रोक लगाएको छ। भारतका विभिन्न स्थानबाट आएका उनीहरुलाई पनि फेरि उतै पठाइएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए।

प्रकाशित: May 05, 2020| 13:17 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।