बुधबार, वैशाख १२, २०८१

काेराेना महामारी : बलिउडले गुमायाे १३ करोड डलर

भारतीय फिल्म बजार पुरानै अवस्थामा फर्कन कम्तीमा दुई वर्ष लाग्ने निष्कर्ष निकालिएको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

बलिउडमा वर्षमा कम्तीमा १२ सय फिल्म निर्माण हुन्छन्। ती फिल्म भारतका ९५ हजार फिल्म हलमा प्रदर्शन हुन्छन्। भारतमा मात्र हैन हिन्दी फिल्मको बजार विश्वव्यापी छ। फिल्म उद्योगबाट भारतमा अर्बौं कमाइ हुन्छ।

triton college

बक्स अफिसले पछिल्लो २ महिनामा १३ करोड डलर गुमाइसकेको छ। अर्को कुरा भारतीय फिल्म उद्योगको प्रमुख केन्द्र मुम्बई यतिबेला कोरोना भाइरस महामारीका कारण बन्द छ। त्यसैले भारतीय फिल्म बजार पुरानै अवस्थामा फर्कन कम्तीमा दुई वर्ष लाग्ने निष्कर्ष निकालिएको छ।
बलिउडका निर्माता, वितरक र अभिनेताबीच हालै आयोजित भिडियो कन्फ्रेन्समा उनीहरूले यस्तो निष्कर्ष निकालेका हुन्। 

एक फिल्म निर्माताले भने, 'फिल्ममा लगानी गर्नु भनेको जुवा खेल्नुजस्तै हो। केही वर्ष यसमा लगानी बन्द गर्नुपर्ने अवस्था आयो। सामान्य अवस्था आइहालेमा दर्शकलाई फिल्म हलमा आउन धेरै अनुरोध गर्नुपर्नेछ।'

उनको यो भनाइले पनि फिल्म उद्योगको झन्डै ६० प्रतिशत कमाइ हुने बक्स अफिसमा ठूलो झट्का लागेको छ। डेलाइट इन्डियाका साझेदार जेहिल ठक्करले भने, 'फिल्म उद्योगमा अब निकै चुनौतीपूर्ण समय आउँदै छ। मलाई लाग्छ- लकडाउनपछि पनि कुनै पनि व्यक्ति भीडभाडयुक्त ठाउँमा जान चाहँदैन। अनि हलसम्म मानिस आउन हामीले निकै प्रतीक्षा गर्नुपर्नेछ हुन सक्छ।' 

अब एक स्क्रिन भएको सिनेमा हल होस् वा मल्टिप्लेक्स हल त्यहाँ व्यापार सुरु हुन कति महिना लाग्ने हो टुंगो छैन। फिल्म निर्माता कम्पनी एलोरा क्यापिटलका विश्लेषक करण तौरानीका अनुसार जुन मध्यसम्म देशका कुनै पनि सिनेमा हल खुल्ने सम्भावना छैन। अब फिल्ममा दर्शक आकर्षित गर्नका लागि टिकट शुल्क पनि घटाउन जरुरी रहेकाे उनकाे भनाइ छ।

corrent noodles
Metro Mart

तौरानी भन्छन्, 'ठूला लगानीका फिल्म आगामी आर्थिक वर्षसम्म बन्ने सम्भावना छैन। किनकि अहिले बनिसकेका तर रिलिज हुन बाँकी कैयन् फिल्म त्यतिकै छन्।'

उदाहरणका लागि निर्माता रोहित सेट्टीको फिल्म सूर्यवंशी मार्च मध्यमा रिलिज हुने तयारीमा थियो। तर अहिले त्यो फिल्म अनिश्चितकालका लागि रोकिएको छ।

फिल्म वितरक कम्पनी औरमैक्सका शैलश कपुर भन्छन्, 'अब सिनेमा घर खुल्दा साना र कम लगानीका फिल्म मात्र प्रदर्शनमा आउनेछन्। यसबाट निर्मातालाई कति मानिस फिल्म हेर्न हलमा आउन थालेका छन् भन्ने जानकारी हुन्छ।' तर यस्तो अवस्था आउने पनि धेरै दिन कुर्नुपर्नेछ।

विश्लेषक गिरी जोहर लकडाउनको यो अवधिमा फिल्म उद्योगले कम्तीमा १३ करोड डलर नोक्सान व्यहोरेको बताउँछन्। भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स कम्पनी पीबीआर र आइनक्स लेजरको सेयर फब्रुअरी मध्यसम्म निकै उच्च थियो। तर अहिले ४० प्रतिशतभन्दा खस्किसकेको छ।

फिल्म हल खुलिहालेमा दर्शकको नाम र ठेगानाको अभिलेख राख्नुपर्ने, शरीरको तापक्रम जाँच गर्नुपर्ने, दर्शकलाई भौतिक दूरी कायम गरेर राख्नुपर्ने, मास्कको व्यवस्था गर्नुपर्ने चिन्ता हल मालिकमा देखिन्छ। यसले हलवालाको खर्च बढ्छ भने दर्शकले पनि हैरानी व्यहोर्नुपर्नेछ।

फिल्म उद्योग ठप्प हुँदा लाखौंको रोजगारी गुमेको छ। धेरै आम्दानी गर्ने अभिनेता, निर्देशकले त आफ्नो बचत निकाल्न सक्छन् तर सबैभन्दा बढी घाटा त प्राविधिक वा पर्दापछाडि रहेर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेलाई भइरहेको छ।

टी सिरिजका बजार व्यवस्थापन प्रमुख विनोद भानुशाली भन्छन्, 'हाम्रा लागि अवस्था निकै नाजुक छ। अझ दयनीय अवस्था उनीहरुका लागि छ जो यस क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्छन्।' अहिले टी सिरिजसँग १२ वटा फिल्म अड्किएको छ।

प्रकाशित: May 05, 2020| 11:29 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्