जर्मनीमा शीर्ष डिभिजनका क्लबमा १० जना कोरोना संक्रमित पाइएको छ। खेल सुरु गर्नका लागि एक हजार सात सय २४ जनाको टेस्ट लिइएकोमा १० जनामा पोजेटिभ केस पाइएको हो।
अहिले क्लबहरु सानो सानो समूह बनाएर प्रशिक्षण गरिरहेका छन्। कोरोनाको टेस्टपछि टिमकै प्रशिक्षण सुरु गर्ने योजना थियो। तर, जर्मन फुटबल क्लबले संक्रमित भेटिएको बताएसँगै बुन्डेसलिगाले पुनः सरकारको निर्णय पर्खनु पर्ने भएको छ।
शीर्ष डिभिजन क्लब कोलोग्नीमा गत हप्ता तीन केस भेटिएको थियो। तर, यो पटकको टेस्टमा भने कोरोना संक्रमित भेटिएको छैन। संक्रमण पाइएकाहरुलाई सावधानीका लागि आइसोेलेसनमा राखिएको छ।
युरोपमा मैदान फर्किने पहिलो लिगका रुपमा बुन्डेसलिगाले तयारी गरिरहेको छ। मे ९मा फर्काइने भनिएको भए पनि सरकारले मे १६ वा २३ सम्मका लागि धकेलिदिएको छ। तर, यसबारे मे ६ मा बस्ने सरकारको बैठकले नै पूर्ण निर्णय गर्ने चान्सलर एन्जेला मार्केलले बताएकी छन
एजेन्सी