काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १२ फैलिएको कोरोनाबाट अहिलेसम्म ३५ लाख ८० हजार २ सय ४७ जना संक्रमित भएका छन् । सोमबार एकै दिनमा ७९ हजार ५ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ६ सय ६३ जना संक्रमित थपिएका छन् भने १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ८० हजार ३ सय ३२ पुगेको छ भने मृतकको संख्या ६८ हजार ९ सय २० पुगेको छ ।
यस्तै स्पेनमा सोमबार मात्रै १ हजार १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ६४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४८ हजार ३ सय १ पुगेको छ भने २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जना संक्रमित थपिएका छन् भने १ सय ९५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ भने मृतकको संख्या २९ हजार ७९ पुुगेको छ ।
यस्तै बेलायतमा सोमबार मात्रै ३ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिदा २ सय ८८ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ९१ हजार ८ सय ३२ संक्रमित हुँदा २८ हजार ८ सय ९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ७ सय ६९ जना नयाँ संक्रमित थपिदा ३ सय ६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६९ हजार ५ सय ८३ जना संक्रमित भएका छन् भने २५ हजार २ सय ४ जनाको मृत्यु भएको छ ।
जर्मनमीमा सोमबार ४ सय ८८ मा कोरोना पुष्टि भएको छ भने १ सय २७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ६६ हजार १ सय ५२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ९३ रहेको छ ।
रुसमा संक्रमितको संख्या १ लाख ४५ हजार २ सय ६८ पुगेको छ भने १ हजार ३ सय ५७ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १० हजार ५ सय ८१ जना संक्रमित थपिदा ७६ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ४६ हजार ४ सय ३६ पुगेको छ भने मृतकको संख्या १ हजार ५ सय ६६ पुगेको छ । सोमबार मात्रै भारतमा ३ हजार ९ सय ३२ जना संक्रमित हुँदा १ सय ७५ जनाको मृत्यु भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित भेटिएको छैन् । नेपालमा कोरोनाबाट संक्रमितको संख्या ७५ रहेको छ ।