शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरी घटना : १० जनाकाे मृत्यु विषाक्त रक्सी सेवनबाट

महोत्तरी घटना : १० जनाकाे मृत्यु विषाक्त रक्सी सेवनबाट

महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको ज्यान घरेलु विषाक्त मदिरा सेवनबाट गएको पुष्टि भएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जनकपुरधाम- महोत्तरीमा १२ जनामध्ये १० जनाको मृत्यु घरेलु विषाक्त मदिरा सेवनबाट गएको पुष्टि भएको छ। भंगहा नगरपालिका–७ का १० जनाको विषाक्त मदिरा र बर्दिवास नगरपालिकाका दुईजनाको अत्यधिक मदिरा सेवनबाट ज्यान गएको पुष्टि भएको हो।

triton college

भंगहा नगरपालिका–७ का पलट साह, नथुनी महरा, लालबाबु सिंह, सिकिन्द्र सिंह, सुकदेव महरा, रौतहट घरभइ भंगहामा काठ मिस्त्रीको काम गर्दै आएका महेन्द्र चौधरी र मोहन चौधरीको घरेलु रक्सी सेवन गरेर ज्यान गएको जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले बताए।

यसैगरी बर्दिवास नगरपालिका–१२ का सोकिन्द्र मण्डल, सोमनीदेवी वातर र भारत उत्तर प्रदेश घरभइ इँटाभट्टामा काम गर्ने मोतीलाल प्रजापतिको पनि रक्सी खाएर ज्यान गएको मेडिकल जाँचबाट देखिएको उनले बताए।

आइतबार मृत्यु भएका भंगहा–६ का रुपनारायण सिंह दनुवारको झाडापखाला र १६ वैशाखमा मृत्यु भएका बर्दिवास नगरपालिकाका गंगाराम सदाको औलोको कारण ज्यान गएको चौधरीको भनाइ छ।

यसअघि अज्ञात रोगका कारण महोत्तरीको भंगहामा मानिसको लगातार मृत्यु भएको भनिएको थियो। एक साताभित्र १२ जनाको मृत्यु भएपछि मृत्युको कारण बुझ्न शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पताल टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनको टोली त्यहाँ पुगेको थियो।

corrent noodles
Metro Mart

मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत

मदिरा सेवनका कारण ज्यान गएका परिवारलाई प्रदेश सरकारले राहतस्वरुप एकएक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतकका परिवारलाई सरकारले एकएक लाख रुपैयाँ सहयोग गर्ने बताए। उनी साेमबार महोत्तरीको भंगहा पुगेका थिए।

प्रकाशित: May 04, 2020| 22:33 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।