शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • असंलग्न आन्दोलन समूहका नेताबीच भिडियोबाटै शिखर वार्ता

असंलग्न आन्दोलन समूहका नेताबीच भिडियोबाटै शिखर वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।

triton college

सम्मेलन उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेका थिए। संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचारविमर्श भएको थियो।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी थिए। नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न भएका १२० मुलुकहरुको साझा मञ्च हो।

संयुक्त राष्ट्रसंघपछि विश्वमा यो दोस्रो ठूलो राष्ट्रहरुको मञ्च मानिन्छ। यसको स्थापना सन् १९६१ मा भएको थियो।  विश्वमा कोरोना संकटटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो। रासस

प्रकाशित: May 04, 2020| 21:05 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।