एक थान कटुवा पेस्तोलसहित कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–७ जोखरताल जंगलबाट कटुवा पेस्तोल थान एक थान र त्यसमा प्रयोग हुने गोली एक थानसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का २१ वर्षीय अबिनाश थापा, २० वर्षीय नवराज बराईली र २५ वर्षीय बिनोद कुँवर रहेको प्रहरीले जनाएको छ।
क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले उक्त पेस्तोल र मानिसहरु पक्राउ गरेको हो। यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।