बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एक महिना मात्रै धान्यो नेपाली आँपले बजार, सिजनमै भारतबाट भित्रिन्छ २ अर्बको आँप

एक महिना मात्रै धान्यो नेपाली आँपले बजार, सिजनमै भारतबाट भित्रिन्छ २ अर्बको आँप

फलफूलको राजा ‘आँप’को सिजन करिब सकिएको छ। नेपालमा उत्पादित आँप पाइन छाडेसँगै अहिलेको बजार भारतीय आँपले ओगटेको छ। 
 |  बिहीबार, साउन १४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, साउन १४, २०७८

काठमाडौं- फलफूलको राजा ‘आँप’को सिजन करिब सकिएको छ। नेपालमा उत्पादित आँप पाइन छाडेसँगै अहिलेको बजार भारतीय आँपले ओगटेको छ। 

triton college

फलफूल व्यवसायी संघका अनुसार भारतीय आपँले सिजनमा दुईपटक नेपाली बजारमा स्थान ओगट्ने गर्छ। नेपालको आँप आउनुभन्दा पहिला कलकत्ताबाट ‘बेगलपुरी’ आँपले बजार लिन्छ, यो आँप वैशाख जेठमा आउँछ। जसले गर्दा नेपाल जस्तो कृषिप्रधान देशमा पनि नेपालमा भारतबाट वर्षेनी २ अर्बभन्दा बढीको आँप भित्रिन्छ।

वैशाख सुरु भएसँगै नेपाली बजारमा कलकत्ताको पहेँलो आँप आउने गर्छ। उक्त भारतीय आँप दैनिक २ करोडको आउने गर्दछ। नेपाली आँपको सिजन सकिएसँगै हाल नेपालमा शतप्रतिशत नै भारतीय आँप पाइन्छ। अहिले भारतीय आँप दैनिक २ करोडको आउने गरेको फलफूल व्यवसायी संघ अध्यक्ष, अमर बानियाँले जानकारी दिए।

उनका अनुसार यो वर्ष मात्रै भारतबाट दैनिक ढेड सय मेट्रिक टन भारतीय आँप भित्रिरहेको छ। ‘यसपटक नेपाली आँपले एक महिना पनि बजार धानेन। जसकाकारण भारतबाट गएको वर्षभन्दा धेरै आँप यसपटक भित्रिएको छ।’ उनले भने।

नेपाली आँप जेठदेखि बजारमा आउने गर्छ। नेपाली आँपको असारसम्म सिजन हुन्छ। नेपाली आँपले गत वर्ष २ महिना बजार धानेको थियो। तर, यस वर्ष घटेर १ महिना मात्रै नेपाली आँपले बजार धान्यो। फलफूल व्यवसायी संघका अध्यक्ष बानियाँले भने, ‘वैशाखमा भारतबाट पहेँलो आँप आउँछ, जसको कारोबार पनि दैनिक दुई करोड नै हुन्छ भने, असार मसान्त लागेसँगै भारतीय आँपले बजार ओगट्ने गरेको छ। उक्त आँप बजारमा साउनसम्म रहन्छ।’ नेपाल जस्तो कृषिप्रधान देशमा वर्षेनी आँपको बजार घट्दै गएका कारण वर्षेनी २ अर्बभन्दा धेरै रकम भारत जाने गरेको उनले बताए। 

corrent noodles
Metro Mart

मध्य सिजनमा कालीमाटी तरकारी बजारमा ७० प्रतिशत आँप भारतीय हुने गरेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ। समितिका अनुसार गत असारसम्म ३३२ मेट्रिक टन आँप कालीमाटी तरकारी बजारमा भित्रिएको थियो। उपत्यकाबाट मात्र दैनिक २ करोड बरारबरको रकम भारत जाने गरेको छ।

यस वर्ष नेपाली आँपको उत्पादन खासै राम्रो नभएका कारण एक महिनामात्र बजारमा चलेको समितिका निर्देशक विनय श्रेष्ठले बताए। उनले भने ‘आँपको प्रकृति नै यस्तै हो, एक वर्ष राम्रो उत्पादन भयो भने अर्को वर्ष उत्पादनमा कमी आउँछ। यस वर्ष कम उत्पादन भएकाले पनि भारतबाट धेरै आँप भित्रियो। 

फलफूलको सन्दर्भमा नेपालमै अझै पनि धेरै बाँझो क्षेत्रमा फलफूल खेती गर्न सके करोडौँ नेपाली रकम बाहिरी देश जानबाट रोक्न सकिने उनको भनाइ छ। ‘हामी सगँ डेढ महिना धान्नेसमेत क्षमता छैन। यसअघिका वर्ष २ महिना धानिन्थ्यो भने यस वर्ष १ महिना मात्रै धान्यो। नेपालमा व्यवसायी खेती हुन जरुरी छ।’ निर्देशक श्रेष्ठले थपे।

नेपालमै छ आँपको प्रचुर सम्भावना

भारतको रामपुरमा सारमपुर आपँको मात्रै खेती हुन्छ। नेपालको पनि सर्लाही, वीरगंज जस्ता जिल्लामा आँपको मात्रै खेती गर्न कृषि विज्ञहरुले सुझाव दिँदै आएका छन्। नेपालमा आँपलाई सहायक फलफूल खेतीका रुपमा लिने गरिएको छ। नेपालका सिराहा, सप्तरी, सुनसरी, झापा, मोरङ्ग, उदयपुर, धनकुटा, सर्लाही, महोत्तरी, धनुषा, चितवन, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर र डडेलधुरामा आँप उत्पादन हुन्छ।

मधेशमा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखास जस्ता जातका आँप उत्पादन हुने गरेको छ। मधेशका सबै जिल्लामा ९० प्रतिशत खेती यी आँपको हुने गरेको छ। 

सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ। सप्तरीमा ५ हजार हेक्टर तथा सिराहामा पनि पाँच हजार हेक्टरमा आँप उत्पादन हुन्छ। तराई, भित्री मधेश तथा मध्य पहाडको तल्लो क्षेत्रमा पकेट क्षेत्र विस्तार गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सके यसबाट कृषकहरूले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको विज्ञ सुरज पोखरेल बताउँछन्। 

पछिल्लो तथ्यांकअनुसार नेपालमा ४६ हजार ४६९ हेक्टरमा आँप खेती हुन्छ। त्यसमध्ये ३८ हजार ३५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ। बजारमा अहिले वार्षिक २७ लाख ८० हजार मेट्रिक टन आँपको खपत भइरहेको छ। तर खपत भएको आँपमध्ये ५० देखि ५५ प्रतिशत भारतबाट मात्रै आउने गरेको फलफूल व्यवसायी संघले जनाएको छ।

प्रकाशित: Jul 29, 2021| 21:14 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्