मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सीमा क्षेत्रमा थप कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

भारतीय सीमा क्षेत्रमा थप कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले भारतीय सीमावर्ती क्षेत्रमा थप कडाइ गर्ने  निर्णय गरेको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले भारतीय सीमावर्ती क्षेत्रमा थप कडाइ गर्ने निर्णय गरेको छ। भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूबाट काेराेना संक्रमण हुने सक्ने विश्लेषण गर्दै गृहले यस्ताे निर्णय गरेकाे हाे।

triton college

याे निर्णयसँगै सीमा क्षेत्रबाट लुकिछिपी भइरहेकाे ओहोरदोहोर नियन्त्रण हुने विश्वास गृहकाे छ। यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गृहले गरेको हो। बैठकले भारतीय सीमावर्ती क्षेत्रमा अड्किएका, उताबाट घर फर्कन लागेका नेपालीहरूका बारेमा भने केही निर्णय गरेकाे छैन। अझै कतिपय नेपाली सीमा क्षेत्रमा क्वारेन्टिनमा बसिरहेका छन्।

कारागार, विकास निर्माण आयोजना लगायतका संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गृहले गरेको हो।

गृहमन्त्री रामबहादुर थापासहित उच्च सुरक्षा निकायका प्रमुखहरुको आइतबार बसेको बैठकले सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

बैठकमा गृहमन्त्री थापाले कोरोना संक्रमण जोखिम कम गर्न भारतसँगको सीमामा थप कडाइ गर्नुपर्नेमा जोड दिएका थिए। साथै उनले सीमा क्षेत्रमा रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

corrent noodles
Metro Mart

थापाले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा स्वयंसेवक परिचालन कमिटी गठन गरि सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए।बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ। 

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्च अधिकारीहरूकाे उपस्थिति थियो।

प्रकाशित: May 03, 2020| 22:31 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।