बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकार भन्छ– कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले समन्वय गरेन

प्रदेश सरकार भन्छ– कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले समन्वय गरेन

प्रदेश सरकार कोरोना महामारीविरुद्धको लडाइँमा संघीय सरकारले आफूहरूसँग कुनै समन्वय नगरेको आरोप लगाएको छ। एकजुट भएर अघि बढ्नुपर्ने आवश्यता रहे पनि संघीय सरकारबाट प्रदेशले खासै सहयोग पाउन नसकेको उसको भनाइ छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

जनकपुरधाम– कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण मुलुक अहिले ‘लकडाउन’मा छ । कोरोना महामारी फैलिने त्रासले सबैजना अहिले आ–आफ्नो घरमा थुनिएका छन्। विकास निर्माणदेखि सम्पूर्ण आर्थिक गतिविधि ठप्प प्रायः छ।

triton college

कोरोना संक्रमणको हिसाबले प्रदेश २ लाई उच्च जोखिममा हेरिएको छ। साधनस्रोतको अभाव, प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको, सबैभन्दा बढी मानिस वैदेशिक रोजगारमा गएको लगायतका कारणले प्रदेश २ कोरोनको उच्च जोखिममा छ।

कोरोना संक्रमितको उपचार गर्न प्रदेशमा छुट्टै अस्पतालको व्यवस्था हुनसकेको छैन भने पीसीआर मेसिन पनि जेनतेन सञ्चालनमा आएको छ। कोरोना महामारीसँग लड्न प्रदेश २ अझै तयार भइनसकेको विशेषज्ञ चिकित्सकहरू बताउँछन्। कोरोनासँग जुध्न संघ, प्रदेश र स्थानीयबीच सहकार्य र समन्वय आवश्यक देखिएको छ।

तर, प्रदेश सरकार कोरोना महामारीविरुद्धको लडाइँमा संघीय सरकारले आफूहरूसँग कुनै समन्वय नगरेको आरोप लगाएको छ। एकजुट भएर अघि बढ्नुपर्ने आवश्यता रहे पनि संघीय सरकारबाट प्रदेशले खासै सहयोग पाउन नसकेको उसको भनाइ छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनालाई परास्त गर्न आफूहरूसँग संघीय सरकारले खासै समन्वय रेजस्तो नलागेको बताउँछन्। सहयोग र समन्वय गर्न आफूहरूले पटक– पटक आग्रह गरे पनि संघीय सरकारले मतलब नगरेको उनको आरोप छ।

corrent noodles
Metro Mart

“कोरोनालाई परास्त गर्न अहिले एकजुट भएर अघि बढ्नुपर्ने छ, तीनै तहको सरकारबीच समन्वय जरुरी छ,” सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादव भन्छन्, “हुन त अहिले आरोप–प्रत्यारोप गर्ने बेला होइन। तर संघीय सरकारसामु हामी गिडगिडाउनुपर्ने अवस्था छ।”

“कोरोनाविरुद्धको तयारी, स्वास्थ्य उपकरण, आर्थिक सहयोगलगायतको सम्बन्धमा संघीय सरकारले हामीलाई सोध्नु पथ्र्यो। तर, अहिलेसम्म केही सोधेको छैन,” उनले भने,“उल्टै हामीले सहयोग मागे पनि सहयोग प्राप्त हुनसकेको छैन।”

संघीय सरकारले प्रादेशिक अस्पताल जनकपुरको लागि चेकजाँच नै नगरी पीसीआर मेसिन पठाउँदा थप समस्या बल्झिएको उनले बताए। “अन्य प्रदेशभन्दा प्रदेश २ मा सबैभन्दा बढी जनसंख्या छ। तर, प्रादेशिक अस्पताल, जनकपुरमा कम क्षमताको पीसीआर पठाइयो,” उनले भने, “पीसीआरले त्रुटिपूर्ण नतिजा दिएपछि समस्या झनै बल्झिन पुग्यो।”

पछिल्लो पटक संघीय सरकारले पठाएको पीसीआर मेसिन केही हदसम्म राम्रो रहेको बताउँदै उनले वीरगन्जमा समेत मेसिन जडान भइसकेपछि थोरै भए पनि सहज भएको उल्लेख गरे।

कोरोना महामारीविरुद्धको लडाइँमा संघीय सरकारकै भर पर्ने अवस्था नरहेको उनको भनाइ छ। “संघीय सरकारको मात्र भर परेर कोरोनालाई परास्त गर्नसक्ने अवस्था छैन,” उनले भने, “हामी जनकपुरमा थप एउटा मेसिन जडान गर्ने तयारीमा छौं। यसैगरी सप्तरीमा समेत एउटा पीसीआर जडान हुन्छ।”

बढी क्षमता भएको दुइटा ठूलो पीसीआर मेसिन खरिद गर्न प्रदेश सरकारले टेन्डर आह्वान गरिसकेको बताउँदै मन्त्री यादवले साताभित्र दुवै मेसिन जडान भइसक्ने जानकारी दिए।

 

प्रकाशित: May 03, 2020| 14:04 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।