शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक जारी, मुख्य एजेन्डा बजेट अधिवेशन र लकडाउन

मन्त्रिपरिषद् बैठक जारी, मुख्य एजेन्डा बजेट अधिवेशन र लकडाउन

बैठकमा जारी बन्दाबन्दी (लकडाउन), बजेट अधिवेशन आदिबारे छलफल र निर्णय हुने बताइएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

triton college

बैठकमा जारी बन्दाबन्दी (लकडाउन), बजेट अधिवेशन आदिबारे छलफल र निर्णय हुने बताइएको छ।

संवैधानिक व्यववस्थाअनुसार जेठ १५ गते वार्षिक बजेट संसदमा प्रस्तुत गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुने गर्छ। आजको मन्त्रिपरिषद् बैठकले संसदको बर्खे अधिवेशन आह्वान गर्न राष्टपतिसमक्ष सिफारिस गर्ने अपेक्षा गरिएको छ।

आजको बैठकले जारी लकडाउनबारे पनि निर्णय गर्ने बुझिएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउन २५ वैशाखमा सकिँदैछ। लकडाउन जारी राख्ने वा खुकुलो बनाउँदै लैजानेबारे सरकारले आज निर्णय गर्न सक्नेछ।

सरकारले वैशाख ३१ गतेसम्म सीमा सिल गर्ने र जेठ २ गतेसम्म हवाई उडान बन्द राख्ने निर्णय पनि यसअघि नै गरिसकेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: May 03, 2020| 12:20 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।