शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित गर्भवतीको डेलिभरी गराउन तयार छ प्रसूति अस्पताल

कोरोना संक्रमित गर्भवतीको डेलिभरी गराउन तयार छ प्रसूति अस्पताल

प्रसूति तथा स्त्री रोग अस्पताल कोरोनाको लागि उपचार गर्ने अस्पताल होइन तर पनि सम्भावित संक्रमित आएको खण्डमा सचेत हुनको लागि अस्पतालले ५ वटा आइसोलेसन वेड तयार गरिएको छ ।
 |  शुक्रबार, वैशाख १९, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, वैशाख १९, २०७७

लकडाउनका कारण विभिन्न अस्पतालहरुमा मानिसहरुको आवतजावत कम भए पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने मानिसहरुको बाक्लै चहलपहल देख्न सकिन्छ।

triton college

लकडाउन तथा कोरोना त्रासका कारण अस्पतालमा सेवा लिनेको संख्यामा केही कमी आए पनि अन्य अस्पतालमा देखिने बिरामीको संख्या भन्दा प्रसूति गृहमा मानिसहरुको उपस्थिती बाक्लो भएको सहजै अनुमान गर्न सकिन्छ ।

कोरोना भाइरस संक्रणको त्रास भइरहेका बेला गर्भ चेकजाँच तथा डेलिभरीका लागि अस्पताल पुग्नेहरुको संख्यामा खासै कमी नआएको अस्पतालले जनाएको छ। लकडाउनका कारण अस्पतालसम्म पुग्नको लागि यातायातका साधन सहज नभएकाले टाढाबाट बिरामी आउन नसकेका कारण केहि संख्यामा कमी त आएको छ । तर गर्भवती तथा सुत्केरीको उपचार, खोप सेवा पछि सार्न नमिल्ने भएकाले अस्पतालमा आउनेको संख्यामा खास्सै कमी नआएको अस्पतालले जनाएको छ ।

दैनिक ७० भन्दा बढी महिलाले दैनिक सन्तानलाई जन्म दिने अस्पतालमा लकडाउनपश्चात् भने दैनिक १० जना जतिको संख्या कमी भएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । उनका अनुसार अस्पतालमा हाल उपत्यका बाहिरबाट आउनेको संख्यामा भने कमी भएको छ ।

बाहिरबाट आउनेलाई यातायातको सुविधा नभएर यो संख्यामा कमी आएको उनी बताउँछन् । अस्पतालमा हाल पेइङ क्लिनिक र जनरल अप्रेसनहरु बाहेक अन्य सेवाहरु सहज तरिकाले सञ्चालन भइरहेको छ ।

corrent noodles
Metro Mart

कोरोना लक्षित आइसोलेसन तयार

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला अस्पतालमा सेवा लिन पुग्नेहरुका लागि अस्पतालले सावधानी अपनाएको छ । प्रसूति तथा स्त्री रोग अस्पताल कोरोनाको लागि उपचार गर्ने अस्पताल होइन तर पनि सम्भावित संक्रमित आएको खण्डमा सचेत हुनको लागि अस्पतालले ५ वटा आइसोलेसन वेड तयार गरिएको छ ।

ज्वरो आएका महिलाको अप्रेसन र डेलिभरी गर्नको लागि उक्त वेडहरु तयार गरिएको हो । आठ महिनासम्मका गर्भवती महिलाहरु संक्रमित भएमा तोकिएको कोभिड अस्पतालमा पठाइने र डेलीभरीका लागि आएका गर्भवतीमा कोरोना पोजेटिभ देखिएमा डेलिभरी पश्चात कोभिड अस्पतालमा पठाइने निर्देशक गौतमले बताए ।

अस्पतालमा ज्वरो आएका महिलाहरु डेलिभरीका लागि वा उनीहरुको शल्यक्रियाका लागि छुट्टै वाडको व्यवस्था गरिएको छ । गौतम भन्छन्, ‘ज्वारो आएकालाई डेलिभरी नगर्ने र भर्ना नगर्ने भन्ने त हुदैन। भर्ना गर्छौँ, डेलिभरी गर्छौँ । आवश्यकता अनुसार शल्याक्रिया पनि गर्छौँ। तर शंकास्पद भएमा उनीहरुको कोरोना परीक्षणको लागि स्वाव प्रयोगशालामा पठाइन्छ, रिपोर्ट पोजेटिभ आएमा डेलिभरी पश्चात कोरोनाको उपचार हुने अस्पतालमा पठाउँछौं ।’

गर्भवती महिलाको बच्चा संक्रमित हुने सम्भावना कति ?

गर्भवती महिलामा कोरोना संक्रमण हुँदा पेटमा भएको बच्चा संक्रमित हुँदैन। डा. गौतम भन्छन्, ‘कोरोनाको इतिहास लामो छैन । त्यसैले यस विषयमा अनुसन्धान हुन बाँकी नै छ। तर अहिलेसम्मको अवस्थामा कोरोना संक्रमित गर्भवती महिलाबाट पेटको बच्चामा कोरोना सरेको छैन । सालबाट यो संक्रमण सर्दैन। डेलिभरीमा पनि सर्दैन।’

तर डेलिभरीपछि भने सावधानी नअपनाएको खण्डमा संक्रमित हुने सम्भावना धेरै हुने निर्देशक गौतम बताउँछन् । त्यसैले आमा संक्रमित छ भने बच्चालाई बच्चालाई छुँदा वा दूध खुवाउनु भन्दा पहिला साबुनपानीले राम्रोसँग धुनुपर्छ । कोरोना संक्रमितको स्वाबबाट कोरोना सर्ने भएकाले संक्रमित आमाले स्तनपान गराउँदा बच्चा संक्रमित हुँदैन।

अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, स्यानिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उनले बताए ।

अस्पतालमा आउने सेवाग्राहीलाई वा भर्ना भएकाहरुलाई पटक साबुनपानीले हात धुन, सेनेटाइजर प्रयोग गर्न, दुरी कायम गर्न, मास्क प्रयोग गर्न आग्रह गरेको छ । तर अस्पतालमा सेवा लिन आउनेहरुको मुखमा मास्क देखिएपनि दुरी कायम गरेको देखिँदैन । कोरोना भाइरस संक्रमितको उपचार गर्ने अस्पताल नभए पनि सावधानी अपनाउनुपर्ने उनी बताउँछन् ।

प्रकाशित: May 01, 2020| 11:29 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।