अछाम- जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
उहाँले भन्नुभयो, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएको कारणबारे थप बुझ्दैछौँ ।”
मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।