बुधबार, वैशाख १२, २०८१

जनकपुर बमकाण्डको आठ वर्ष : प्रदेश नामकरण अझै अन्योलमा

२०६९ वैशाख १८ गते रामानन्द चोकमा भएको बम विस्फोटमा पाँचजनाले ज्यान गुमाएका थिए भने ३८ जना घाइते भएका थिए।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

जनकपुरधाम- जनकपुरमा पाँचजनाको ज्यान जाने गरी भएको बम विस्फोटको ८ वर्ष पूरा भएको छ। २०६९ वैशाख १८ गते रामानन्द चोकमा भएको बम विस्फोटमा पाँचजनाले ज्यान गुमाएका थिए भने ३८ जना घाइते भएका थिए।

triton college

नेपाल संघीय शासन व्यवस्था लागू गर्नुपर्ने विषयमा राजनीतिक बहस चलिरहेका बेला मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गर्दै सुरु गरेको रिले अनशनलाई लक्ष्य गरी बम विस्फोट गराइएको थियो।

चारजनाको घटनास्थल र एकजनाको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो।

शक्तिशाली बम विस्फोटमा जनकपुरले चर्चित मैथिली रंगकर्मी रञ्जु झालाई गुमायो। यसैगरी बिम विस्फोटमा परी विमल शरण दास, सुरेश उपाध्याय, झगरु मण्डल र दीपेन्द्र दासको ज्यान गयो।

पहिचान, स्वायत्ततासहितका अधिकार संविधानमा सुनिश्चित गराउन ‘हमरा चाही मिथिला राज’ नाराका साथ रंगमञ्चका कलाकार, साहित्यकार तथा समाजसेवीहरुको अगुवाइमा मिथिला आन्दोलन सुरु भएको थियो।

corrent noodles
Metro Mart

यसरी भएको थियो घटना

संविधानमा ‘मिथिला प्रदेश’ को सुनिश्चितताको गराउन ‘हमरा चाही मिथिला राज्य’ (हामीलाई चाहियो मिथिला राज्य) नाराका साथ मिथिला संघर्ष समितिको अगुवाइमा शान्तिपूर्ण धर्ना सुरु भएको थियो। धर्नामा साहित्यकार, कलाकार, रंगकर्मी, सर्वसाधारणलगायत सहभागी थिए।

रामानन्दद्वार नजिकै सडकमा धर्ना बसेका कोही चिया खाइरहेका थिए भने, कतिपय एकअर्कासँग ठठ्यौली गरिरहेका थिए। धर्ना बसेको केहीबेरमै ठूलो आवाजसहित विस्फोट भयो।

रामानन्द चोकमात्र नभएर जनकपुरभर हल्लाखल्ला भयो, बम विस्फोटबारे। धर्ना बसेका र अन्य सर्वसाधारण गरी ३८ जना घाइते भए।

आरडिएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराइएको प्रहरी अनुसन्धानपछि खुलेको थियो। त्यो त्रासदीपूर्ण घटनाको तत्कालीन दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि अदालतले पूर्वराज्यमन्त्री सञ्जय साहलाई दोषी ठहर गर्यो।

विस्फोटलगत्तै रन्जित झा (राजनमुक्ति) र मुकेश चौधरी नेतृत्वको सशस्त्र समूहले घटनाको जिम्मेवारी लिएका थिए। झा र चौधरी पक्राउ परेपछि विस्फोटमा पूर्वमन्त्री साहको नाम मुछिएको थियो।

पूर्वसभासद् साहलाई अदालतले बम काण्डको मुख्य योजनाकार रहेको ठहर गर्दै २०७५ चैत १४ गते जन्मकैद सुनायो।

विस्फोटमा संलग्न रहेको भन्दै अदालतले साहसहित जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण, रन्जित झा र मुकेश चौधरीलाई जन्मकैदको सजाय सुनाइसकेको छ।

मिथिला राज्य माग गर्दै पाँचजनाले दिएको बलिदानी खेर जान नदिने त्यतिबेला धर्नामा समेत सहभागी भएका मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन्।

‘प्रदेशको नामकरण मिथिला हुनुपर्ने हामीले भनिरहेका छौं, मधेस आन्दोलन सुरु हुनुपूर्व पहिचान स्थापित गराउन हामीले यो माग गरेका हौं,’ चौधरी भन्छन्,‘प्रदेशको नामकरण हुन बाँकी छ। दलहरुले बम विस्फोटमा परी सहादत दिएकाहरुका बलिदानी बिर्सनु हुँदैन।’

प्रदेश २ को सप्तरीदेखि पर्सासम्मको भूभाग मिथिलाको रहेको र जनकपुरको पहिचान पनि मिथिलाकै कारण रहेकाले प्रदेशको नामकरण मिथिला राख्नबाट कोही हिचकिचाउन नहुने उनको भनाइ छ ।

प्रकाशित: Apr 30, 2020| 17:55 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।