बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमण : भगवान् भरोसामा प्रदेश- २

आठ जिल्लाको कुनै स्थानमा स्वाब परीक्षणको सुविधा छैन। प्रादेशिक अस्पतालमा भएको पीसीआरले ठीक रिपोर्ट दिन सकेन।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

जनकपुरधाम- प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमितको संख्या १३ पुगेको छ। बुधबार बारा र पर्सामा थप २/२ जनामा पोजिटिभ देखिएसँगै यो संख्या १३ पुगेको हो। मंगलबार रौतहटका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

triton college

बारा, पर्सा र रौतहटका सबै कोरोना संक्रमितलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ।

यसअघि वीरगन्जमा भेटिएका तीनजना भारतीय र रौतहटका एकजना कोरोना संक्रमित निको भइ घर फर्किसकेका छन्।

रौतहटका दुवैजनाको प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थिएन। तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भयो।

यसअघि सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट पनि प्रादेशिक अस्पताल जनकपुरले नेगेटिभ भनेको थियो। तर, टेकु अस्पतालले पोजिटिभ भन्यो।

corrent noodles
Metro Mart

टेकु प्रयोगशालाले सर्लाहीका ती बालकमा कोरोना संक्रमित रहेको पुष्टि गरेसँगै प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा जडान गरिएको पीसीआरमाथि प्रश्नचिह्न उठ्यो। र, पछिल्लो एक साताभन्दा बढी समयदेखि प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा कोरोना परीक्षण बन्द छ।

संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका लागि बढी क्षमता भएको पीसीआर मेसिन पठाएको एक साताभन्दा बढी भइसक्यो। तर, अहिलेसम्म उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन्। जडानका लागि सहायक उपकरणहरु उपलब्ध नहुँदा पीसीआर परीक्षण सुरु हुन नसकेको अस्पतालले जानकारी दिएको छ।

पीसीआर मेसिन सञ्चालनका लागि त्यसमा लाग्ने थप १२ थरी उपकरण आवश्यक रहेको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख मदन निधि बताउँछन्।

उपकरण खरिद गर्न बोलपत्र आह्वान भइसकेको र उपलब्ध भएलगत्तै पीसीआर सञ्चालनमा आउने उनले बताए।

प्रादेशिक अस्पतालको प्रयोशालामा यसअघि भएका परीक्षणमा सबै नतिजा नेगेटिभ आएपछि टेकु अस्पतालमा पुनः परीक्षणको लागि पठाइएको छ।

प्रदेशभर हुँदैन परीक्षण

अहिले प्रदेश २ का आठ जिल्ला पर्सादेखि सप्तरीसम्म करिब पाँच सय किलोमिटरको सेरोफेरोमा कतै पनि पीसीआर परीक्षण भइरहेको छैन।

कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरुलाई प्रादेशिक अस्पतालमा परीक्षण गरेर घर पठाइएपछि जोखिम झन् बढेको चिकित्सकहरु बताउँछन्। जनकपुरमा १०१ जना शंकास्पदको स्वाबको नमुना परीक्षण भएको थियो। तर, यहाँ नेगेटिभ भनिएकामध्ये केहीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ चुनौतीपूर्ण बन्दै गएको छ।

१०१ मध्ये मंगलबारसम्म ३४ जनाको काठमाडौंमा पुनः परीक्षण गर्दा तीनजनामा पोजिटिभ देखिएको छ।

प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साह फरक नतिजा आउनुमा पीसीआर मेसिनको त्रुटि रहेको दाबी गर्छन्। उनी भन्छन्, 'देशभर कतै पनि प्रयोग नभएको मेसिन प्रादेशिक अस्पतालमा पठाइएकोले फरक नतिजा आएको हो।' 

भक्तपुर क्यान्सर अस्पतालका रगत रोग विशेषज्ञ डा.अजय झा कोरोनाविरुद्धको तयारी हेर्दा अहिलेसम्म प्रदेश २ ‘भगवान् भरोसा’ मा रहेको टिप्पणी गर्छन्।

‘प्रदेश २ को आठ जिल्लाको कुनै स्थानमा स्वाब परीक्षणको सुविधा छैन। प्रादेशिक अस्पतालमा भएको पीसीआरले ठीक रिपोर्ट दिन सकेन,’ उनी भन्छन, ‘वीरगन्जको पीसीआर मेसिन पनि थन्किएको छ, प्रदेश २ मा अहिलेसम्म भगवान् भरोसा छ।’

छैन बेग्लै अस्पताल

‘लकडाउन’ सुरु भएको एक महिना नाघिसकेको छ। तर, प्रदेश सरकारले अहिलेसम्म कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाउन सकेको छैन।

प्रदेशको अस्थायी राजधानी जनकपुरमा समेत कोरोना अस्पताल नहुँदा नजिकै रहेको सर्लाहीका बालकलाई उपचारका लागि वीरगन्ज पठाउनु पर्‍यो।

यद्यपि, प्रदेश सरकारले प्रादेशिक अस्पताल नजिकै रहेको नर्सिङ क्याम्पसको होस्टलमा छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। अस्पताल निर्माण हुन अझै १० दिन लाग्ने बताइएको छ ।

प्रदेश सरकारको आफ्नै मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुर, जलेश्वर अस्पताल, मलंगवा अस्पताल, रौतहटको गौर र बारा अस्पताल पनि कोरोना संक्रमणको विरामीको उपचारका लागि तयार भइसकेका छैनन्।

संघीय सरकार मातहत रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा संक्रमितको उपचार भइरहे पनि अहिलेसम्म परीक्षण गर्ने पीसीआर मेसिन जडान भएको छैन्।

संघीय सरकारकै मातहत रहेको सप्तरीस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पनि कोरोना संक्रमणको परीक्षण र उपचारको व्यवस्था हुनसकेको छैन् ।

स्वाब संकलनदेखि उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षा र सुविधामा ध्यान नदिइएको चिकित्सक झा बताउँछन्। ‘सबै स्वास्थ्यकर्मीहरु निरन्तर काम गरिरहेका छन्, उनीहरुलाई पनि आराम चाहिन्छ,’ झाले भने, ‘प्रत्यक्ष उपचारमा संलग्न रहेकोले सोझै घर जानसक्ने अवस्था छैन्, उनीहरुलाई खोइ त क्वारेन्टिनको व्यवस्था ?’

समाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा हालसम्म २ हजार २१८ जनाको स्वाब संकलन भएकोमा ८५६ जनाको परीक्षण नतिजा आउन बाँकी छ ।

प्रदेश २ मा हालसम्म ४ हजार ९१४ जनाको आरडीटी जाँच भएकोमा १० जना पोजिटिभ र ४ हजार ९०४ जनामा नेगेटिभ नतिजा आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Apr 29, 2020| 20:10 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।