धनगढी- कैलालीमा एक प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। २९ वर्षीय लोकेन्द्र बोहोरा प्रहरी कार्यालयभित्रै मृत फेला परेका हुन्।
महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बोहोरा बुधबार बिहान मृत फेला परेको डिएसपी दक्ष बस्नेतले जानकारी दिए।
बोहोरा राति ब्यारेकमा खाना खाएर सुतेको र बिहान डिउटीका लागि उठाउन खोज्दा मृत भेटिएको प्रहरीले जनाएको छ। मृत्युबारे अनुसन्धान भइरहेको बस्नेतले बताए।
इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा बिगत ५ महिनादेखि खिमडीमा खटिएका थिए। बोहोराको घर अछाम हो।