सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालले आपतकालीन सेवाबाहेक ओपीडी सेवाहरु बन्द गरेको छ।
लकडाउनका कारण सामान्य प्रकृतिका विरामीहरु अस्पताल आउन सहज वातावरण नभएपछि ओपीडी सेवा बन्द गरिएको हो।
ओपीडी सेवा बन्द भए पनि अस्पतालले बिरामीले घरमै बसेर चिकित्सकहरुसँग स्वास्थ्य परामर्श लिने व्यवस्था गरेको छ।
बिरामीको उपचारमा समस्या नहोस् भनेर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिने जनाएका छन्।
‘चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएपछि फोनबाटै भएपनि परामर्श दिन व्यवस्था गरेका छौँ।’
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले भने ‘बिरामीलाई सजिलो होस् भन्नका लागि फोनबाटै परामर्श दिने गरेका छौँ।’
अस्पतालले बिरामीहरूको सहजताका लागि सर्जन विशेषज्ञ डा. सोजन सापकोटालाई ९८४१६५७४५२, डा. सुशील समदर्शीलाई ९८४१२८२६७४, हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठलाई ९८०२९७७५७६, बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेललाई ९८०७३२०६७९ नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाएको छ।
त्यस्तै फिजिसियन डा. सन्जिब भण्डारीलाई ९८४०००१५०० र छाला तथा यौन रोग विशेषज्ञ प्रभात सिंह राजपुतलाई ९८६०१८४१४६ सम्पर्क गरेर परामर्श लिन सकिने अस्पतालले जनाएको छ।