शुक्रबार, वैशाख ७, २०८१

इरफान भन्थे– जिन्दगी र मृत्युमा मेरो कुनै नियन्त्रण छैन

बलिउडमा फरक अभिनय क्षमताका कारण तारिफ गरिने अभिनेतामा पर्थे, इरफान खान। क्यान्सरसँग लडिरहेका इरफानको ५४ वर्षको उमेरमा आज निधन भएको छ। स्वास्थ्यमा अचानक समस्या आएपछि हिजोमात्रै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

बलिउडमा फरक अभिनय क्षमताका कारण तारिफ गरिने अभिनेतामा पर्थे, इरफान खान। क्यान्सरसँग लडिरहेका इरफानको ५४ वर्षको उमेरमा आज निधन भएको छ। स्वास्थ्यमा अचानक समस्या आएपछि हिजोमात्रै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

triton college

इरफानले दुई साल अघिमात्र आफूलाई लागेको जटिल रोगको बारेमा थाहा पाएका थिए र ट्विटरमार्फत् यो कुरा सार्वजनिक गरेका थिए। इरफानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

‘जिन्दगीमा अचानक यस्तै केही हुँदोरहेछ, जसले तपाईंलाई अगाडि लिएर जान्छ। मेरो जिन्दगीमा पनि पछिल्ला केही दिन यस्तै रहे। मलाई न्यूरोएन्डोक्राइन ट्युमर नामको बिमारी भएको छ। तरपनि मलाई मेरा नजिकका मानिसहरुबाट प्राप्त मायाले हौसला दिएको छ।’

आफ्नो बिमारीको बारेमा थाहा पाएपछि उनी उपचारका लागि लण्डन गएका थिए। एक वर्षको उपचारपछि मार्च २०१९ मा उनी स्वदेश फर्किएका थिए।

गत वर्षमात्र इरफान लण्डनमा आफ्नो उपचार गराएर फर्किएका थिए। त्यसपछि उनी डाक्टरको प्रत्यक्ष निगरानीमा थिए। आफूलाई क्यान्सर लागेको थाहा पाएपछि पनि उनले ‘अंग्रेजी मिडियम’ नामक फिल्ममा अभिनय गरेका थिए।

corrent noodles
Metro Mart

उनको अस्वस्थताका कारण कैयौंपटक फिल्मको सुटिङ रोक्नुपरेको थियो। रोगबारे थाहा हुनु अघिसम्म इरफान निकै व्यस्त थिए फिल्ममा।

क्यान्सरको उपचार भइरहेका बेला एक अन्तर्वार्तामा इरफानले आफू अब फरक तरिकाले बाँच्ने बताएका थिए।

‘म भविष्यको बारेमा अत्यधिक योजनाहरु बनाउँथें। तर, त्यसको अर्थ नहुने रहेछ। जिन्दगीले कसलाई कतिबेला कहाँ पुर्याउँछ भन्ने थाहै नहुने रहेछ। आइन्दा भविष्यको योजना बनाउन छाडिदिन्छु। जिन्दगी र मृत्युको बीचमा मेरो कुनै नियन्त्रण छैन। मलाई कुनै गुनासो पनि छैन जीवनप्रति । यसप्रति म कृतज्ञ छु,’ उनले भनेका थिए।

गत शनिबारमात्र इरफानकी आमाको मृत्यु भएको थियो। तर, लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा पनि सहभागी हुन पाएनन्।

७ जनवरी १९६७ मा जन्मिएका इरफानले २०११ मा पद्मश्री सम्मान पाएका थिए। यो भारतको चौथो सर्वोच्च नागरिक सम्मान हो।

इरफानले हिन्दी फिल्मका साथै थुप्रै टिभी सिरियल तथा अंग्रेजी फिल्ममा पनि अभिनय गरेका छन्। ३० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेका छन् उनले।

द वारियर, स्लमडग मिलेनियर, पान सिंह तोमर, बिल्लु बारबर, न्युयोर्क, सन्डे, लाइफ इन अ मेट्रो, द लन्च बक्स, तुल्सी, अंग्रेजी मिडियम आदि इरफानले अभिनय गरेका सम्झनलायक फिल्म हुन्।

 

 

 

 

 

–एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Apr 29, 2020| 13:38 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।