बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, कहाँ के हुँदैछ ?

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, कहाँ के हुँदैछ ?

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो क्रममा नै छ। जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो क्रममा नै छ। जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ।

triton college

विश्वभरको आँकडा हेर्ने हो भने कुल संक्रमित ३१ लाख १४ हजार ६५६ पुगेको छ। त्यसैगरी २ लाख १६ हजार ९८९ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा धेरै अमेरिकामा ५९ हजारभन्दा बढीको ज्यान गएको छ। इटालीमा २७ हजार ३५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ।

फ्रान्समा २३ हजार ६६० र बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ ।

हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ भने बाँकीको अवस्था मध्यम छ।

corrent noodles
Metro Mart

बेलायतमा केयर होम्समा भर्ना भएका सबै र त्यहाँका स्टाफको कोरोना परीक्षण हुने भएको छ। यसबाट लाखौं मानिस परीक्षणको दायरामा आउनेछन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनको देशमा सुरक्षा किट तथा उपकरणहरुको कमी रहेको स्वीकार गरेका छन्। त्यहँ ९३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ८६७ जनाको मृत्यु भइसकेको छ।

पाँच हप्तापछि न्युजिल्याण्डमा लकडाउन खुलेको छ र जनजीवन सामान्य हुन थालेको छ।

प्रकाशित: Apr 29, 2020| 07:41 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।