बुधबार, वैशाख १२, २०८१

'कोरोनाका कारण अनिच्छित गर्भधारण वृद्धि हुन सक्छ'

धेरै महिला परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्यधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिला परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्यधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ।

triton college

यूएनएफपीएद्वारा मंगलबार यहाँ जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैंगिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपणसमेत गरेको छ।

महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील छ। कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँचसमेत उनीहरुले छाड्न सक्ने र सिंगो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदन भन्दछ ,“ कोभिड –१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्त्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरु घरमै बस्ने हुनाले लैंगिक हिंसा बढ्न सक्छ।”

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ।

प्रकाशित: Apr 28, 2020| 21:44 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।