शुक्रबार, वैशाख ७, २०८१

मनाइयो आद्य शंकराचार्य जयन्ती

वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शंकरचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

काठमाडौं- वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शंकरचार्यको जन्मजयन्ती देशभर मनाइएको छ।

triton college

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शंकरचार्यको जन्म भएको हो।

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। ‘शंकर शंकराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शंकरचार्यका रुपमा जन्म लिएको विश्वास छ।

वेदान्त विषयका प्रा.डा. दीर्घराज घिमिरे कुमारिल भट्टले सुरु गरेको दिक सनातन धर्मको पुनःस्थापनामा आद्य शंकरचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउँछन्। १६ वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए।

भगवान् शंकरले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थ लगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँडेको पनि घिमिरेले बताए।

corrent noodles
Metro Mart

उनले स्थापना गरेका चार मठमा शृंगेरी, गोवर्धन, शारदा र ज्योतिर्मठ छन्। यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन्। प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म सातौं शताब्दीमा लुप्तप्रायः बनेको थियो।
आद्य शंकरचार्यको योगदानको चर्चा गरी जन्मजयन्ती मनाइने गरिएको हो। यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शंकरचार्य मठमा गर्ने गरिएको कार्यक्रम यस वर्ष बन्दाबन्दीका कारण गर्न नसकिए पनि स्मरण भने गरिएको छ। -रासस

प्रकाशित: Apr 28, 2020| 21:32 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।