बिहीबार, वैशाख १३, २०८१

कञ्चनजंघाका प्रथम आरोहीसँग लिन नसकेको अन्तर्वार्ता

कञ्चनजंघाको शिखरमा २०१२ जेठ ११ मा पुगेका ब्राउनको अनुभव, त्यहाँको दृष्य, उनको कञ्चनजंघाबारे निजी धारणा बारेमा प्रश्नहरू तयार थिए। पुनः वैशाख ३ मा क्यासीको अर्को ताजा मेल आयो। मेलमा जोइ ब्राउनको सोही दिन मृत्यु भएको खबर थियो।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

मलाई नेपालको साहसिक पर्यटनमा अत्यन्तै चासो छ। र्‍याफ्टिङ, प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइट, बन्जी, क्यान्योयिङदेखि ट्रेकिङसम्मका साहसिक पर्यटन क्रियाकलापले तान्छन्। यी क्रियाकलापको अनुभव लिने, रिपोर्टिङ गर्ने, आलेख लेख्ने, ब्लग तथा भ्लग प्रकाशन गर्ने काम निरन्तर जारी छन्। हिमाल आरोहण बारेमा खासै चासो नभएको मलाई आरोहीसँगको संगतले अत्यन्तै चासो जगायो।

triton college

गत मंसिर १५ देखि पुस १९ सम्म नेपाल माउन्टेन अकाडेमीमा मसँगै ट्रेकिङ गाइड तालिम लिएका ताप्लेजुङका कासाङ शेर्पादेखि सोलुखुम्बुका दा लाक्चा शोर्पासम्मले हिमाली आरोहणमा चासो जगाइदिए।

किलर माउन्टेन भनिने मनास्लु शिखर पुगेका दा लाक्चा र सगरमाथा शिखर चुमेका कासाङसँगको संगतले मलाई हिमाली रिपोर्टिङमा चासो जगायो। र, खोज्न लागे सबैभन्दा पहिलो आरोहण गर्ने आरोहीहरु।

जोइ ब्राउन कनेक्सन

प्रदेश १ केन्द्रित पत्रकारिता भएकाले त्यहाँको हिमाल आरोहणका कुरा मेरो पहिलो सरोकार हो। प्रदेश १ मा सगरमाथा, कञ्चनजंघादेखि मकालु जस्ता विश्व प्रसिद्ध हिमाल छन्। सगरमाथा आरोही दुवैको निधन भएको छ। उनीहरुको चर्चा ज्यादै भयो।

corrent noodles
Metro Mart

सन् १९५५ मे १५ मा मकालुका सबैभन्दा पहिलो आरोहण गर्ने फ्रान्सका लियोनल टेरी र जेन काउजी उहिले स्वर्गवास भइसके। त्यसको ठिक १० दिन पनि विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा आरोहण गर्ने जर्ज ब्यान्डको पनि मृत्यु भइसकेको छ। उनीसँगै चुचुरोमा पुगेका जोइ ब्राउन भने जिवित थिए। ८९ वर्षमा हिँड्दै गरेका जोइ ब्राउनको ‘द हार्ड इयर्स’ नामक पुस्तक प्रकाशित छ।

पुुस पहिलो हप्तामा अनलाइन सर्चबाट प्राप्त जानकारीपछि म जोइ ब्राउन र उनको पुस्तक दुवैबाट कञ्चनजंघा आरोहणको कन्टेन्ट खोज्न लागे। अलनाइनहरुमा ‘द हार्ड इयर्स’ पुस्तकको पिडिएफ थुप्रै खोजे, तर पाइएन। युरोपमा हुने साथीहरुबाट पुस्तक मगाउने कोशिश गरेँ।

तर, उनीहरुले पनि अमेजनबाट किनेर ल्याउनुपर्ने भएकाले धेरै समय लाग्ने भयो। ब्राउनको कुनै आधिकारिक वेबसाइट भेटिएन। यसैबीच, दसैं र तिहारको बीचमा सगरमाथा आधार शिविर जाँदा चिनजान भएकी एक कोलम्बियन साथीको याद आयो।

कोलम्बियाको नागरिक भएर स्पेनमा बस्ने उनी आफ्नो पर्यटन क्षेत्रका थुप्रै साथीहरु बेलायतदेखि फ्रान्ससम्म भएको मलाई सगर्व सुनाएकी थिइन्। नाम्चे बजार माथि रहेको स्वाङ्बोचे विमानस्थल नजिकै छोटो कुराकानीमा जोडिएकी उनै डानिएला भर्गोससँग इमेलमा कुराकानी गरे।

उनले केही समयमा जानकारी दिने बताइन्। माघमा जानकारी दिने भनेकी डानिएलाले दोस्रो हप्तामा मात्रै इमेल पठाइन्। र, भनिन्, ‘मैले जोइ ब्राउनकै इमेल भने पाइनँ। उनको नाममा संचालित जोइ ब्राउन सपको संचालिका क्याथि क्यासिको भने पाए। तिमी उनीसँग इमेलमा सिधै कुराकानी गर।’

चार महिनापछि जोइ ब्राउन नजिकै मैले क्याथी क्यासीलाई आफूले जोइ ब्राउनको अन्तरवार्ता लिन चाहेको र यसका लागि सहयोग गरिदिनुहुन आग्रह गर्दै मेल गरेँ। उत्तर आएन। पुनः डानिएलासँग इमेलको जवाफ नआएको गुनासो गरे। उनले यस अगाडि लेखेका केही समाचारको लिंक र पत्रिकाका स्पिहरूसहित मेल गर्न सुझाइन्। मैलै उनको सल्लाहबमोजिम गरेँ। अनि आयो उत्तर।

बैशाख १ गते आएको मेलमा क्याथी क्यासीले जोइ ब्राउन निकै बिरामी भएको र कुरा गर्न नसक्ने अवस्थामा भएको बताइन्। परिवारका सदस्यहरूको सहयोगमा आगामी मे २५ मा आरोहणको ६५ वर्षगाँठमा केही सामग्री बनाउन सकिएलाकि भनेर कुरा गरेँ। क्यासीले बोल्नै नसक्ने अवस्था भएकाले गाह्रो भएको बताइन्। उनको स्वास्थ्य लाभ भएपछि भने कुरा गर्न सकिने बताइन्।

जोइ ब्राउनले आरोहीलाई लक्षित गरेर खोलेको जोइ ब्राउन सप क्याथी क्यासीले १५ वर्ष अगाडि किनेही रहिछन्। जोइ ब्राउन उनको पसह बेच्ने एक साहु मात्र नभएर उनका एक नजिकका साथी पनि थिए। त्यहि सम्बन्धको आधारमा जोइ ब्राउनको नेपाली मिडियामा पहिलो अन्तरवार्ता लिने कुरामा म ढुक्क थिए।

कञ्चनजंघाको शिखरमा विक्रम संवत अनुसार २०१२ जेठ ११ मा पुगेका ब्राउनको अनुभव, त्यहाँको दृष्य, उनको कञ्चनजंघाबारे निजी धारणा बारेमा प्रश्नहरू तयार थिए। पुनः वैशाख ३ मा क्यासीको अर्को ताजा मेल आयो। मेलमा जोइ ब्राउनको सोही दिन मृत्यु भएको खबर थियो।

मलाई अत्यन्तै दुःख, ग्लानी र पीडा भयो। विश्वको तेश्रो सर्वोच्च शिखरमा पाइला राख्ने आरोहीको अवसानले दुःख लाग्नु स्वभाविकै थियो। ८ हजार ५ सय ८५ मिटर उचाईको शिखरमा चुम्ने आरोहीबारे ढिलो मात्रै चासो आएकोमा ग्लानी भयो।

अन्तरवार्ताबाट एक कदम मात्रै पछि हुँदा उनको अवसानले अत्यन्तै पीडा दियो। पीडा यो पनि हो कि विश्वको तेस्रो शिखर आरोहण गरेर, पुस्तक निकालेर विश्वमा नेपालको ब्रान्ड बेच्ने उनै आरोहीको अन्तरवार्ता नेपाली मिडियामा छाप्न पाइएन। अथवा छाप्न सकिएन।

आज जोइ ब्राउनको निधन भएको १३ दिन पुगेको छ। नेपाली परम्परा अनुसार बोल्दा उनको आज तेह्रदिने पुण्यतिथि हो । ब्राउन नेपालका एक सदाबहार ‘ब्रान्ड एम्बास्डर’ हुन्। उनले कञ्चनजंघाको शिखरमा पुगेर यसको उचाई अझै बढाए।

जोइ ब्राउनको अनुभव उनकै मुखबाट सुन्न आतुर नेपालीलाई उनीसँग प्रत्यक्ष संवाद गर्ने बाटो अन्त्य भएको छ। उनका कञ्चनजंघा गौरवगाथाका अनुभव अब स्मृतिमा जिवित हुनेछन्। पुस्तकमा जिवित हुनेछन्। अब हामी त्यहीबाट संवाद गर्नुपर्छ।

अलबिदा जोइ ब्राउन!

प्रकाशित: Apr 28, 2020| 14:39 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...