काठमाडौं- सांसद सुरेन्द्र यादव 'अपहरण प्रकरण'को जाहेरी प्रहरीले लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीले उक्त मुद्दा सरकारी वकिलको कार्यालय मार्फत अघि बढाउने तयारी थालेको छ।
अपहरणको मुद्दा सरकारवादी हुने भएकोले सरकारी वकिलको कार्यालयमा निवेदन दिने तयारी भइरहेको नेता केशव झाले जानकारी दिए ।
उनले भने, आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन दिनेछौं। सरकारी वकिलको कार्यालयले प्रहरीलाई मुद्दामा अनुसन्धान थाल्न भन्यो भने मुद्दा अगाडि बढ्ने छ।