काठमाडौं- नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड १९ प्रधानमन्त्री कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।
नेता काफ्लेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार मन्त्री भानुभक्त ढकाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण गर्न काफ्ले दम्पती मन्त्रालय पुगेको थियो। लकडाउनकै अवधिमा विवाह गरेका काफ्ले दोलखा निवासी हुन्।