राज्य संयन्त्रको दुरुपयोग गर्दै डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले सम्बन्धित पक्षलाई कारबाहीको माग गरेको छ ।
नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका डा. यादवलाई लकडाउनको समयमा प्रदेश २ बाट अपहरणको शैलीमा काठमाडौं ल्याउनु अत्यन्त दुखद् र निन्दनीय भएको चिकित्सक संघको ठहर छ ।
डा. यादव कोभिड–१९ रोकथामको लागि प्रदेश २ को उच्चस्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रही काम गरिरहेको अवस्थामा निवासबाटै अपहरण शैलीमा काठमाडौं ल्याइएको संघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो प्रकारको घटनामा संलग्नमाथि अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानुनबमोजिम कारबाही गर्न चिकित्सक संघले माग गरेको छ ।