शुक्रबार, वैशाख ७, २०८१

उत्तर प्रदेशमा पान खान नपाइने, हरियाणामा बबलगम प्रतिवन्धित

भारतको हरियाणा राज्यमा सरकारले कोरोना भाइरसको संक्रमणलाई ध्यामा राख्दै बबलगम र वबलगमको बिक्री तथा प्रयोगमा जुन ३० सम्म प्रतिवन्ध लगाएको छ ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

भारतको हरियाणा राज्यमा सरकारले कोरोना भाइरसको संक्रमणलाई ध्यामा राख्दै बबलगम र वबलगमको बिक्री तथा प्रयोगमा जुन ३० सम्म प्रतिवन्ध लगाएको छ ।

triton college

उत्तराखण्डमा योगी आदित्यनाथको सरकारले कोरोना भाइरस रोकथामको लागि भन्दै राज्यमा पानमसला बिक्री र प्रयोगमा बन्देज लगाएको केही दिनपछि नै हरियाणामा बबलगमको बिक्रीमा रोक लगाएको छ ।

फाइनान्सियल एक्सप्रेसका अनुसार त्यहाँको सरकारले बबलगम खाएर थुक्नाले कोरोना भाइरस फैलन सक्ने भएकोले प्रयोगमा रोक लगाएको हो । गत बुधबार यो आदेश हरियाणाको खाद्य र औषधी पशासन विभागले जारी गरेको हो ।

हरियाणाका कमिसनर अशोककुमार मिनाका अनुसार कोरोना भाइरस थुकका छिट्टाबाट पनि सर्ने भएकोले बबलगमबाट पनि सर्नसक्ने प्रबल सम्भावना रहेको छ, त्यसैले सो क्षेत्रमा बबलगमको प्रयोग रोकिएको हो ।

यो निर्णय त्यहाँको सरकारले खाद्य सुरक्षा तथा मापदण्ड ऐन २००६ अनुसार लिएको दावी गरेको छ । गत बर्ष त्यहाँको सरकारले सूर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिवन्ध लगाएको थियो ।

corrent noodles
Metro Mart

यो प्रतिवन्ध एक वर्ष थपिने पनि विभागले जनाएको छ । गत हप्ता उत्तरप्रदेश सरकारले अर्को आदेश नभएसम्मको लागि पान मसलाको विक्री, उत्पादन र वितरणमा प्रतिवन्ध लगाउने घोषणा गरेको थियो ।

पान मसलाले पनि कोरोना भाइरस फैलाउन मद्दत गर्ने भएकोले सो कदम लिएको उत्तर प्रदेश सरकारले स्पष्ट पारेको थियो ।

प्रकाशित: Apr 26, 2020| 13:08 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्