धनगढी- प्रहरीले कञ्चनपुरबाट झन्डै तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसीबाट २ लाख ७३ हजार मूल्य बराबरको भन्सार छलीको ४२ क्वीन्टल चिनी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय बिक्की गुप्ताले भारतबाट भन्सार छली चोरी पैठारी चिनी ल्याएको बताए।
प्रहरी नायव उपरीक्षक न्यौपानेले बरामद गुप्ता र बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको बताए।