धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ३४ वर्षिया महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ।
अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार उनीसँगै भर्ना भएका दुईजना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण मुक्त हुनको लागि लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आउनुपर्ने हुन्छ ।
संक्रमित महिलालाई दुबईबाट आएका उनका देवरबाट कोरोना सरेको भनिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए ।